अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध सुचना प्रविधि रोङ गाउँपालिकाको स्वास्थ्य सचेतना सम्बन्धी सूचना
Hamropalika menu advertisement

सूर्योदयमा बिज्ञान तथा गणित प्रदर्शनी शुरु

  • प्रकाशित मितिः April 11, 2026
  • हाम्रो पालिका
सूर्योदयमा बिज्ञान तथा गणित प्रदर्शनी शुरु

फिक्कल:  प्रविधिमैत्री शिक्षामा फड्को मोरेको इलामको सूर्योदय नगरपालिकाले बिज्ञान तथा गणित प्रदर्शनी भएको छ । सूर्योदय नगरपालिकाको कन्याममा आयोजित प्रदर्शनीमा नगर क्षेत्रका सामुदायिक र संस्थागत बिद्यालय गरी २९ वटा बिद्यालयका २ सय २२ वटा प्रोजेक्ट प्रतियोगितामा बिद्यालयले सहभागी गराएका छन् ।
आधाभूत र माध्यमिक बिद्यालयका छुट्टाछुट्टै प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो हुनेले क्रमशः २०, १५ र १० हजार रुपियाँका दरले पुरस्कार पाउने शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नविन पौडेलले जानकारी दिनु भयो ।
शुक्रबार नगर प्रमुख रण बहादुर राईले प्रतियोगिताको उद्घाटन गर्नु भयो । उहाले गणित र बिज्ञान प्रदर्शनीले बिद्यार्थीलाई ब्यवहारीक बनाउदै बिज्ञान र गणितका ज्ञानलाई ब्यवहारमा उतारी स्थानीयकरण गर्न सहयोग पुग्ने बताउनु भयो । उहाले भन्नु भयो‘शिक्षलाई प्राविधिक , ब्यवसायिक र रोजगार मुलक बनाउन सहयोग पुगोस भनेर यो कार्यक्रमको आयोजना गरीएको हो ।’ दुई दिन सम्म चल्ने प्रदर्शनीमा बिद्यार्थीले नमुना सहरको संरचना, भोल्क्यानो, एकीकृत बस्ती, बाढी पहिरो र भुकम्प जस्ता प्राकृतिक प्रकोपबाट बच्ने उपाय स्टलको रुपमा राखेका छन ।
नगरले १२ महिना १२ कार्यक्रम अन्र्तगत पाँच बर्षै देखि प्रदर्शनी गर्दै आएको छ । शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले बिद्यार्थीको चौतर्फ बिकास गर्नका लागि कार्यक्रम आयोजना गरीएको जानकारी दिनु भयो । उहाले बिगतका बर्ष भन्दा परिस्कृत खासलका सामग्री बिद्यार्थीले निर्माण गरेको जानकारी दिनु भयो । नगरले यस अघि नै फिक्कल माध्यमिक बिद्यालयमा बिज्ञान प्रयोगशालाको स्थापना गरीसकेको छ ।

 

 

 

TOP