अर्थ वाणिज्य इलामको सूर्योदयमा १५ दिन भित्रमा मालपोत र नापी कार्यालय स्थापना हुने अर्थ वाणिज्य ६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न जीवनशैली सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन अर्थ वाणिज्य अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने अर्थ वाणिज्य ३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा सर्वसम्मत नेतृत्व चयन गर्न कांग्रेस पूर्व सभापति फोरमको पहल जीवनशैली कन्याम चिया बगानका २२ जना श्रमिकलाई निःशुल्क चस्मा वितरण जीवनशैली माईजोगमाई गाउँपालिकामा सोधपुछ तथा सहायता कक्ष स्थापना प्रदेश पूर्व सभापति फोरमको पहल : इलाम क्षेत्र नं १ मा कांग्रेसको सर्वसम्मत नेतृत्वको खोजी जीवनशैली सूर्योदयमा लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न
Hamropalika menu advertisement

६ लेन सडक चाँडो निर्माण गर्न मुख्यमन्त्रीको निर्देशन

  • प्रकाशित मितिः February 10, 2026
  • हाम्रो पालिका
६ लेन सडक चाँडो निर्माण गर्न मुख्यमन्त्रीको निर्देशन

इटहरी/ व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रूपमा विराटनगर–धरान सडक–खण्ड निर्माण कार्य सुस्त गतिमा अगाडि बढेको भन्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चाँडो निर्माण गर्न निर्देशन दिएका छन् ।

इटहरी बजारक्षेत्रमा सडकले लिने जग्गा ‘क्लियर’ नभएको भन्दै हालसम्म इटहरीमा विवाद नटुङ्गिदा ६ लेन सडक निर्माण सुस्त भइरहेको भन्दै आलोचना हुन थालेको छ । इटहरी चौकमा बाटो दुईपट्टि नै भत्काए पनि निर्माण कार्य चाँडो नहुँदा इटहरीको मुख्य बजार अस्त–व्यस्त हुन पुगेको छ । महँगो भाडा लिएर व्यापार गर्दै आएका व्यापारीहरू समस्यामा परेका छन् ।

इटहरी चौकका व्यापारीहरूको व्यापार अहिले चौपट भएको इटहरीका व्यापारी शङ्कर अग्रवालले बताए । एकै पटक दुई तिरको नै सडक भत्काएर मुख्य बजार अस्त–व्यस्त बनाएको उनको आरोप छ । एकातिर काम सकेर अर्कोतिर काम गर्नुपथ्र्यो तर दुवैतिर भत्काएर सुस्त गतिमा काम गर्दा व्यापारीहरूको बेहाल भएको उनको तर्क छ । ‘निर्माणाधीन काम तत्काल सक्नुप¥यो व्यापारीहरू समस्यामा परेका छन्’ –उनले थपे ।

६ लेन सडक निर्माणको काम ढिलो भएको इटहरीका सडक सङ्घर्ष समितिका संयोजक मदन चूडालले बताए । चूडालले इटहरीमा मात्र नभई ६ लेन सडकको लापरबाहीकै कारण समग्र जनताले यात्रा गर्दा दुःख पाएको बताए । ‘अहिले सडक निर्माण कार्यको विषयमा ६ लेन सडकमा गम्भीर लापरबाही भइरहेको छ’ –उनले भने । उनले मनपरी मापदण्डमा निर्माण भएको ६ लेन सडकको विषयमा गम्भीर बन्न सम्बन्धित निकायलाई आग्रहसमेत गरे ।

यता काम गर्न ढिलाइ भएको भन्दै ६ लेन सडक विस्तारको कामलाई रफ्तारमा लैजान १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले ६ लेन सडक आयोजना प्रमुखलाई निर्देशन दिएका छन् । काममा ढिलासुस्ती भएको भन्दै गुनासो बढ्दै गएकोले सडक निर्माणको काममा खेलाँची नगर्न आयोजना प्रमुख बद्री शर्मालाई निर्देशन दिएका हुन् ।

पछिल्लो समय ६ लेन सडक निर्माणमा लापरबाही भएको जनगुनासो बढेको मुख्यमन्त्री राईले जनतासँग मुख्यमन्त्री कार्यक्रममार्फत् बताएका हुन् । उनले सडकको विषयमा गम्भीर बन्न निर्देशन दिए । जनताहरू ६ लेन सडकप्रति असन्तुष्ट बन्दै गएको भन्दै चाँडो काम गर्न निर्देशन दिएका हुन् । अस्त–व्यस्त सडकले सर्वसाधारण मारमा परेको मुख्यमन्त्री राईको भनाइ थियो ।

TOP