फिक्कल: इलामको रोङ गाउँपालिका ४ बागखोर स्थित मेची राजमार्गमा सडक मर्मत भईरहेको स्थानमा शुक्खा पहिरो झरेपछि साँझाट मेची राजमार्ग अवरुद्द भएको छ । सडक खन्दै गरेको भन्दा ३०÷४० मिटर माथीबाट ढुङगा सहितको शुक्खा पहिरो झरे पछि मेची राजमार्ग अवरुद्द भएको हो ।
पहिरोले इलामबाट झापा तर्फ जादै गरेको प्रदेश १–०१–००१ ख ४३३४ नं. को गोलिया बोकेको ट्रक पुरिएको जिल्ला प्रहरी कार्यालय इलामका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्ष्मि भण्डारी जानकारी दिनु भयो ।
ट्रक पुरिदा मानविय क्षति नभए पनि बाटो पूर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको छ । बाटो खुलाउनको लागि पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
