अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध सुचना प्रविधि रोङ गाउँपालिकाको स्वास्थ्य सचेतना सम्बन्धी सूचना
Hamropalika menu advertisement

६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न

  • प्रकाशित मितिः April 11, 2026
  • हाम्रो पालिका
६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न

फिक्कल: सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था इलाम सेवा केन्द्रमा २९ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले अध्यक्षको प्रगति प्रतिवेदन, संस्थाको नीति तथा कार्यक्रम, लेखा परिक्षण प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गरेको हो ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था इलाम सेवा केन्द्र अन्र्गतको सहयोग उपसमिति संयोजक हरी निरौलाको अध्यक्षता तथा इलाम नगरपालिका जनप्रतिनिधि सोम कुमारी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहारा नेपाल लेखा सुपरिवेक्षण समिति सदस्य शंकर सुवेदीले अध्यक्षको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भयो । प्रतिवेदनमा संस्थाले बार्षिक रुपमा गर्दै आएका कार्यक्रम समावेस गरिएको छ। कार्यक्रममा सहयोग उप समिति संयोजक निरौलाले संस्थाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो ।
यस्तै सहयोग उप समिति सदस्य हरी सापकोटाले संस्थाको खेला परिक्षण प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भयो । उहाले प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आय ब्ययको अवस्थाका बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रममा संस्थाका कर्मचारी शिव प्रसाद दंगालले स्वागत मन्तब्य राख्नु भयो । कार्यक्रममा केन्द्रिय कार्यालयका प्र्रतिनिधि नविन लामिछानेले उठेका प्रस्नको जवाफ दिनु भएको थियो ।

दुई जना सम्मानित


उक्त कार्यक्रमको अवसरमा उत्कृष्ठ बचत कारोबार गरी सबैभन्दा बढी बचतमा ब्याज प्राप्त गर्ने भगवती देवि पराजुली र उत्कृष्ठ ऋण कारोबार गरी सबैभन्दा बढी ऋणमा ब्याज भुक्तानी गर्ने शन्देश खड्गीलाई सम्मान गरीएको थियो ।

६ लाख ९० हजार ऋण मिनाहा


साधारण सभाको अवसरमा ऋण मिनाहा कार्यक्रम अन्र्तगत २ जना ऋणिको ६ लाख ९० हजार रुपैयाँ ऋण मिनाहा गर्दै चेक हस्तान्तरण गरिएको छ ।
श्रृजनशिल सहारा महिला समुहका सदस्य सुमा कार्कीको निधन भएपछि उहाको ऋण मिनाहा गर्दै उहका श्रीमान ठाकुर प्रसाद खत्रीलाई ३ लाख ९० को चेक हस्तान्तरण गरेको हो ।
यस्तै सिंहदेवी सहारा महिला समुहका सदस्य पम्फा देवि लिम्बुको श्रीमान निर्माल लिम्बुको निधन भएपछि उहाकी श्रीमती पम्फा देविलाई ऋण मिनाहा गर्दै पाउने श्रीमती ३ लाखको चेक हस्तान्तरण गरीएको सेवा केन्द्र प्रमुख सन्दिप न्यौपानेले जानकारी दिनु भयो ।

 

TOP