अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध सुचना प्रविधि रोङ गाउँपालिकाको स्वास्थ्य सचेतना सम्बन्धी सूचना
Hamropalika menu advertisement

३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न

  • प्रकाशित मितिः April 11, 2026
  • हाम्रो पालिका
३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न

फिक्कल:  सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था फिक्कल सेवा केन्द्रमा २९ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाले अध्यक्षको प्रगति प्रतिवेदन, संस्थाको नीति तथा कार्यक्रम, लेखा परिक्षण प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गरेको हो ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था फिक्कल सेवा केन्द्र अन्र्गतको सहयोग उपसमिति संयोजक देवि प्रसाद आचार्यको अध्यक्षता तथा सूर्योदय नगरपालिका पूर्व नगर उप प्रमुख दुर्गादेबी भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहारा नेपाल संचासक समिति सदस्य बिन्दु श्रेष्ठले अध्यक्षको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भयो । प्रतिवेदनमा संस्थाले बार्षिक रुपमा गर्दै आएका कार्यक्रम समावेस गरिएको छ।
यस्तै संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक उपेन्द्र प्रसाद ओलीले संस्थाको खेला परिक्षण प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भयो । उहाले प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आय ब्ययको अवस्थाका बारेमा जानकारी दिनु भएको थियो ।
कार्यक्रममा सहयोग उप समिति सदस्य ललिता नेपालले संस्थाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो । छनौट भएका संस्थाका १७ जना प्रतिनिधिले माइन्युट प्रमाणि गर्ने काम समेत सम्पन्न भएको छ ।
कार्यक्रमममा बोल्दै पूर्व नगर उप प्रमुख तथा शस्थाका शेयरधनी भट्टराईले सहकारीका कारण महिलाको आर्यस्तरमा सुधार भएको बताउनु भयो । उहाले चुलोचौकामा रहेका महिलालाई जुनसुकै ठाउँमा गएर बोल्न सक्ने अवस्थामा पु¥याउन सहकारीको भूमिका अग्रणी रहेको बताउनु भयो । उहाले बिद्यालय स्तरमा बित्तय साक्षरताका कार्यक्रम संचालन गर्न समेत सुझाव दिनु भयो । उक्त कार्यक्रममा फिक्कल नमुना माध्यमिक बिद्यालयका प्रधानाध्यापक राजेन श्रेष्ठले सहारा नेपालका कार्यक्रमले नै सबैको सहारा बन्न सकेको बताउनु भयो । उहाले बाल बचत कार्यक्रम संचालन गर्न र जिवन बरदान कार्यक्रम स्थानीय स्तरमा संचालन गर्न सुझाव दिनु भयो । कार्यक्रममा उप समिति सदस्य देउकुमारी कट्टेलले स्वागत मन्तब्य राख्नु भएको थियो ।

दुई जना सम्मानित

उक्त कार्यक्रमको अवसरमा उत्कृष्ठ बचत कारोबार गरी सबैभन्दा बढी बचतमा ब्याज प्राप्त गर्ने सूर्योदय ११ का शोभा खतिवडा र उत्कृष्ठ ऋण कारोबार गरी सबैभन्दा बढी ऋणमा ब्याज भुक्तानी गर्ने सूर्योदय ९ का सुजता राईलाई सम्मान गरीएको थियो ।

३ लाख ८० हजार ऋण मिनाहा

साधारण सभाको अवसरमा ऋण मिनाहा कार्यक्रम अन्र्तगत २ जना ऋणिको ३ लाख ८० हजार रुपैयाँ ऋण मिनाहा गर्दै चेक हस्तान्तरण गरिएको छ ।
बरपिपल सहारा महिला समुह सदस्य कमला प्रधानका श्रीमान टेक बहादुर प्रधानको निधन भएपछि संस्थाले उहाको २ लाख ऋण मिनाहा गरी चेक हस्तान्तरण गरेको हो ।
यस्तै मखमलि सहारा महिला समुह सदस्य बिकदेबी राईका श्रीमान टेक बहादुर राईको निधन भएपछि उहाको १ लाख ८० हजार रुपैया बराबरको ऋण मिनाहा गर्दै साधारण सभाकै अवसरमा चेक हस्तान्तरण गरीएको सहारा नेपाल (साकोष) फिक्कल सेवा केन्द्र प्रमुख बिश्वास निरौलाले जानकारी दिनु भयो ।

TOP