फिक्कल: कन्याम चिया बगानका श्रमिकलाई लक्षित गरी कन्याममा १ दिने निःशुल्क आँखा शिविर संचालन गरिएको छ ।शिविरमा ३६ जना बिरामीलाइ औषधी तथा २२ जना आँखाका बिरामीलाई निःशुल्क चस्मा वितरण गरिएको हो ।
नेपाल नेत्र ज्योती संघ इलामको आयोजना तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोग र कन्याम चिया बगानको सहकार्यमा कार्यक्रम सम्पन्न गरीएको संघका इलाम जिल्ला सचिव प्रकाश भट्टराईले जानकारी दिनु भयो । शिविरमा फिक्कल सर्जिकल सेन्टर प्रमुख पुस्कार झा, बिराटनगर आँखा अस्पताल रानीबाट आएका प्राविधिक तवसुम सेखको ४ सदस्य चिकित्सकको टोलीले सेवा प्रदान गरेको थियो ।