अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध सुचना प्रविधि रोङ गाउँपालिकाको स्वास्थ्य सचेतना सम्बन्धी सूचना
Hamropalika menu advertisement

इलाममा रोपाइँ जात्रा

  • प्रकाशित मितिः April 11, 2026
  • हाम्रो पालिका
इलाममा रोपाइँ जात्रा

फिक्कल:  इलामको मौलिक पर्वका रुपमा बर्षेनी मनाईदै आइको रोपाइँ जात्रा बिहिबार इलाम बजारमा भब्य रुपमा मनाईएको छ । इलाम बजारमा पर्वकै रुपमा मनाईदै आएको जात्रा धान रोप्ने, हल जोत्नेदेखि बाउसे गर्ने र रोपाहारले धान रोप्ने सम्मका अभिनय प्रस्तुत गर्दै मनाईएको हो ।
रोपाइँ जात्रामा उल्लासका साथ छिमेकी गाउँबाट समेत आउनु भएका सहभागीको उपस्थिति रहेको थियो । जात्रामा स्थानीय लोक बजाको तालमा हली, बाउसे, रोपहार लगायतका पात्रले जातीय भेषभूषामा सजिएर बजार परिक्रमा गर्दा दर्शकको भीड लागेको थियो । त्यस्तै लाखे, वनकाइँला, वनकाइँली, सिल्भर मेनलगायतका आकर्षक पात्रको रोचक अभिनयले जात्रालाई रोमान्चित बनाएको थियो । स्थानीय संस्कृतिका जानकार युद्धप्रपाद बैधले रोपाइँ जात्रा इलामको सांस्कृतिक पहिचानको पर्व भएको बताउनु भयो । ‘यो पर्वमा कुन जाती, कुन थर भन्ने रहेन केवल इलामका सांस्कृतिक उत्सवका रुपमा हेर्न थालिएको छ, यसलाई बचाई राख्नु पर्छ’बैद्यले भन्नु भयो ।
सुगौली सन्धीपछिको समयदेखि नेवार समुदायको बसोबास इलाममा सुरु भएपछि रोपाइँ जात्रा पर्वका रूपमा मनाउन थालिएको इतिहास छ । नेपाल भाषा तथा संस्कृति समाजले संयोजन गरेको यस वर्षको जात्रामा सबै जातजातिका मौलिक र सांस्कृतिक प्रस्तुति समेटिएका थिए । नेपाल भाषा तथा संस्कृति समाज इलामका अध्यक्ष प्रबिण श्रेष्ठका अनुसार रोपाइँ जात्रामा सहभागी युवा–युवतीले आफ्ना जातीय पोशाकमा सजिएर धान रोप्ने अभिनय गर्दै बजार परिक्रमागर्नुका साथै हलगोरु जोत्नेदेखि मुङग्रे नाचसम्मका प्रस्तुति जात्रामा देखाईएको छ ।
जात्रा अघिका दिनहरूमा नाग पञ्चमीदेखि लाखे नाचको आयोजना गरिन्छ भने लिम्बु समुदायले धान नाच प्रस्तुत गर्ने परम्परा पनि कायम छ । असार–साउन महिनामा धान रोपाइँ सकेपछि मैजारोको रूपमा रोपाइँ जात्रा मनाउने प्रचलन रहेको छ ।

 

 

TOP