अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध सुचना प्रविधि रोङ गाउँपालिकाको स्वास्थ्य सचेतना सम्बन्धी सूचना
Hamropalika menu advertisement

इलामका १३ विशिष्ट व्यक्तित्व सम्मानित, दुई पुस्तक विमोचन

  • प्रकाशित मितिः April 11, 2026
  • हाम्रो पालिका
इलामका १३ विशिष्ट व्यक्तित्व सम्मानित, दुई पुस्तक विमोचन

काठमाडौं :  इलाम विकास समाज, काठमाडौंले डालो रेस्टुरेन्ट, अनामनगरमा इलाम जिल्लाबाट देशका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका १३ व्यक्तित्वलाई सम्मान गरेको छ।इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा सम्मानित हुनेहरूमा प्रतिनिधिसभा सदस्य महेश बस्नेत पुनरावेदन अदालत, पाटनका न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेल नेपाली सेनाका उपरथीहरू जीवन दाहाल र मणिकुमार श्रेष्ठ, नेपाल सशस्त्र प्रहरी डीआइजी सुरेश श्रेष्ठ, नेपाल वायुसेवा निगम अध्यक्ष युवराज अधिकारी छन्।

यसैगरी, सम्मानित भएकामा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, शिक्षक सेवा आयोगका सदस्य पवित्रा सुवेदी, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. डिल्लीराम पोख्रेल, मनमोहन मेमोरियल स्वास्थ्य विज्ञान संस्थाका क्याम्पस प्रमुख प्रा. डा. धर्मप्रसाद खनाल, पाटन अस्पतालका प्रमुख डा. जनक कोइराला, गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष अर्जुन भट्टराई छन्।

कार्यक्रममा सम्मानित व्यक्तित्वहरूलाई सम्मान(पत्र, मायाको चिनो कप, दोसल्ला, टोपी र फूल वर्षा गरेर सम्मान गरिएको थियो। कार्यक्रममा महेश बस्नेत, अध्यक्ष राधेश्याम लेकाली, दिनेश डिसी, पूर्वमन्त्री केशव थापा लगायतले मन्तव्य राखेका थिए। यसै अवसरमा इलाम नगरपालिका साहित्य कला तथा सङ्गीत प्रतिष्ठानबाट प्रकाशित “बहुआयामिक व्यक्तित्व पदमबहादुर देवान” नामक पुस्तक र प्रा।डा। धर्मप्रसाद खनालकृत “MEDICINAL PLANTS AND HERBS AVAILABLE IN ILAM MUNICIPALITY WARD NO. 1 (Sakhejung)”  तथा “इलामका  चार ‘अ’ कृतिको लोकार्पण पनि गरिएको थियो।

सांस्कृतिक प्रस्तुति

समाजका सचिव अर्जुन भट्टराईले सहजीकरण गरेको यस कार्यक्रममा चर्चित सङ्गीतकारहरू गणेश पराजुली, यशोदा पराजुली, डेनी निरौला र द्रोण पराजुलीले गीत प्रस्तुत गरेका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठुरी, इलाम विकास समाजका सल्लाहकार एवं समालोचक प्रा। धरणीप्रसाद गौतम र पार्वती शर्मा, चलचित्र निर्देशक एवं लेखक लक्ष्मीनाथ शर्मा, सुखानी सहिद प्रतिष्ठानका महासचिव लोकनाथ सुवेदी, साहित्यकार नन्दु उप्रेती, देवी दुलाल, डीआर राई, मित्र गौतम लगायतको उपस्थिति थियो। सरल पत्रिकाबाट

TOP