अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध सुचना प्रविधि रोङ गाउँपालिकाको स्वास्थ्य सचेतना सम्बन्धी सूचना
Hamropalika menu advertisement

निःशुल्क ‘छोरीबुहारी’ पढाउदै सूर्योदय नगरपालिका

  • प्रकाशित मितिः April 11, 2026
  • हाम्रो पालिका
निःशुल्क ‘छोरीबुहारी’ पढाउदै सूर्योदय नगरपालिका

प्रेम अधिकारी
पशुपतिनगर(इलाम)असार १ गते

इलामको सूर्योदय नगरपालिकाले ‘छोरी बुहारी ’शिक्षा कार्यक्रम अन्र्तगत करफोक बहुमुखी क्याम्पसमा स्नातक प्रथम बर्षमा अध्ययन गर्नका लागि ३२ जना छोरीबुहारी छात्राबृद्धि कार्यक्रमको सम्झौता गरेको छ ।
बिभिन्न कारणले पढाई छोडेका , गरिव तथा दिर्घ रोगीका परिवारका छोरीबुहारीलाई निःशुल्क अध्ययन गराउनका लागि नगरले यस शैक्षिक सत्रका लागि ३२ जना संग सम्झौता गरेको हो ।
स्नातक तह प्रथम बर्षमा अध्ययन गर्नका लागि वडामा निवेदन दिई वडा कार्यालयले शिफासिर गरेका ३२ जना छोरीबुहारी र क्याम्पस संग सम्झौता भएको नगरको शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नविन पौडेलले जानकारी दिनु भयो । स्नातक प्रथम बर्षमा अध्ययन गर्ने छोरी बुहारीको प्रतिब्यक्ति ३२ हजार नौ सयका दरले ३२ जनाको १० लाख ५२ हजार ८०० रुपियाँ नगरले क्याम्पसलाई दिने गरी सम्झौता पत्रमा हस्ताक्षर गरीएको छ ।
बिगत छ बर्ष देखि संचालित उक्त छोरीबुहारी नमुना शिक्षा कार्यक्रममा बिगतका बर्षमा सम्झौताका आधारमा छात्राबृद्धि दिदै आएकोमा नगरले यस बर्ष देखि ‘छोरीबुहारी तथा अन्य छात्राबृद्धि वितरण तथा ब्यवस्थापन निर्देशिका–२०८१’ निर्माण गरी सोही निर्देशिका बमोजीम छोरी बुहारीलाई निशुल्क अध्ययन गराउने प्रक्रिया अगाडी बढाइएको छ ।
शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख योगनिधि भट्टराईले पढाईबाट बञ्चित भएका छोरीबुहारीलाई उच्च शिक्षाको पहुँचमा ल्याउन उक्त कार्यक्रम प्रभावकारी रहेको बताउनु भयो । उहाले सूर्योदय नगरपालिका स्थाई बसोबास भएका छोरीबुहारीले उक्त कार्यक्रममा समाबेस हुन पाउने निर्देशिकामै उल्लेख भएको जानकारी दिनु भयो ।
सम्झौता कार्यक्रममा नगर प्रमुख रण बहादुर राईले छोरीबुहारी कार्यक्रम संचालन गरीए पछि पढाई छोडेका र बिभिन्न कारणले पढन नपाएका छोरीबुहारीलाई पढ्नका लागि सहज भएको बताउनु भयो। ‘जव सम्म आमा शिक्षित हुनुहुन्न तव सम्म घरपरिवार र समाजले शिक्षाको महत्व बुझदैन, त्यसैले छोरीबुहारी कार्यक्रम संचालन गरीएको हो ।’
नगरले स्नातक प्रथम बर्षमा भर्ना हुनु भएका छोरीबुहारीको नतिजाका आधारमा मात्र दोस्रो बर्ष देखि छात्राबृद्धि दिने निर्देशिका निर्माण गरेको छ । प्रथम बर्षमा नतिजा बिग्रिए अर्को बर्ष आफै पढनु पर्ने नियम बनाएको छ । छ बर्ष देखि संचालित उक्त कार्यक्रममा यस अघि एक सय ९४ जनाले सहभागीता जनाई सक्नु भएको छ । यस शैक्षिक सत्रको ३२ जना गरी दुई सय ६६ जना छोरीबुहारी उक्त कार्यक्रममा समाबेस भैसक्नु भएको छ । क्याम्पस प्रमुख गोपाल कट्टेलले पढ्न नपाएका र गरिव परिवारका छोरीबुहारीका लागि उक्त कार्यक्रम कोसेढुंगा सावित भएको जानकारी दिनु भयो । उहाका अनुसार यस अघि दुईवटा सेमीस्टारमा अध्ययन गरेका मध्ये २३ जनाले स्नातक तह उर्तीण गरीसक्नु भएको छ । उहाले भन्नु भयो‘छोरीबुहारी छात्राबृद्धिमा पढेर कति जनाले लोकसेवा आयोग उर्तीण गरीसक्नु भएको छ ।’ नगरले अहिले सम्ममा उक्त कार्यक्रमका लागि डेढ करोड भन्दा बढी लगानी गरीसकेको छ । गत बर्ष छोरीबुहारी छात्राबृद्धि कार्यक्रममा सहभागी २३ जनाले नगरबाट एक सय दिनको रोजगारी समेत पाई सक्नु भएको छ ।
छोरीबुहारी छात्राबृद्धि सम्झौता कार्यक्रममा नगर उप प्रमुख दुर्गा कुमार बराल, सामाजिक बिकास समिति संयोजक डिक बहादुर बम्जन लगायतको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा क्याम्पसले पहिलोपटक प्रकाशन गरेको रिर्सच जर्नल(अनुसन्धानात्मक लेख रचना) प्रकाशन गरी सार्वजनिक समेत गरेको छ । सोहि अवसरमा इलाम जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङशिल्डाका स्वर्ण, रजत र काश्य पदक बिजेता 72  जना खेलाडीलाई क्रमशः पाँच हजार, चार हजार र तीन हजारका दरले पुरस्कार रकम समेत बितरण गरेको छ ।

 

 

 

 

TOP