अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध सुचना प्रविधि रोङ गाउँपालिकाको स्वास्थ्य सचेतना सम्बन्धी सूचना
Hamropalika menu advertisement

इलामको माङ्सेबुङमा राष्ट्रपति रनिङ शिल्डको तयारी

  • प्रकाशित मितिः April 11, 2026
  • हाम्रो पालिका
इलामको माङ्सेबुङमा राष्ट्रपति रनिङ शिल्डको तयारी

प्रेम अधिकारी, फिक्क्ल:
१४ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० माङ्सेबुङ गाउँपालिकामा हुँने भएको छ । जिल्ला खेलकुद विकास समिति इलामको आयोजना र माङ्सेबुङ गाउँपालिकाको संयोजनमा १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आउदो फागुन पहिलो साता गर्ने भएको हो ।
जिल्ला स्तरीय खेलकुदलाई विकेन्द्रीकरण गर्ने लक्ष्यका साथ औपचारिक निर्णय सहित विद्यालय स्तरको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता राष्ट्रपति रनिङ शिल्ड फाकफोकथुम गाउँपालिकाले आयोजना गरेसँगै यस वर्षको राष्ट्रपति रनिङ शिल्ड माङसेबुङ गाउँपालिकाले आयोजना गर्ने तय भएको छ ।
केन्द्र र प्रदेशबाट प्रतियोगिता आयोजनाको निर्देशन प्राप्त भएसँगै जिल्ला खेलकुद विकास समिति इलामले प्रतियोगिता आयोजनाको तयारी तिब्र बनाएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता देशको खेलकुदको मेरुण्डका रुपमा राख्दै लिएको बताउदै प्रतियोगिता सम्पन्न गर्न लागि परेको जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्तोला बताउँछ्न् । “राष्ट्रपति रनिङ शिल्ड विद्यालयमा खेलाडी उत्पादन गर्ने प्रतियोगिता हो, आज उत्पादन भएका खेलाडी नै भोलीे देशको खेल क्षेत्रको भविष्य भएकोले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जिल्ला जिल्लाको मात्र नभएर समग्र देशको खेलकुदको भविष्य हो, अध्यक्ष बास्तेलाले भन्नु भयो ।
बास्तोलाले भन्नु भयो ‘देशको भविष्यको खेलकुद बचाउन हामीले विद्यालय खेलकुद बचाउनु पर्छ, जिल्ला खेलकुद विकास समिति इलामको मात्र प्रयासले राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्न कठिन हुन्छ, त्यसैले हरेक वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता प्रति पालिकाले पनि अपनत्व महसुस गर्नुपर्छ भनेर पालिका स्तरमै शुरु गरेका छौ ।’
प्रतियोगिता आयोजना तयारीकै क्रममा जिल्ला खेलकुद विकास समिति इलामले जिल्ला स्थित पालिका प्रमुखसँगको बैठक सम्पन्न गरेको छ । अघिल्लो पटक पनि पालिका प्रमुख सँगको बैठकमा पालिकाको तर्फबाट सहयोगको आश्वासन पाएता पनि पूर्णरु पमा सहयोग नपाएको अध्यक्ष बास्तोलाले जानकारी दिनु भयो ।
यसपटक भने जिल्ला स्थित दशवटै पालिकाबाट आवश्यक सहयोग प्राप्त हुनेमा विश्वस्त रहेको जिल्ला खेलकुद विकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराई बताउँछन् ।एथलेटिक्स मार्शल आर्ट्सका विभिन्न विधामा प्रतिस्पर्धा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिवल र कबड्डी खेल पनि समावेश गरिएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बाट नै कबड्डी खेल सुरु गरेको नेपाली महिला कबड्डी टोलीले केही महिना अगाडि सम्पन्न एशियन गेम्समा पदक जिते सँगै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको महत्व र शान अझ धेरै बढेको अध्यक्ष बास्तोला बताउँछन् ।
यस वर्षको प्रतियोगिता फाल्गुन पहिलो हप्ता आयोजना गर्ने तयारीमा जिल्ला खेलकुद विकास समिति लागे सँगै यतिबेला इलाम जिल्लाका पालिका र विद्यालय समेत यसको तयारीमा लागेका छन् ।
गाउँपालिका अध्यक्ष हेमन्त राईले पहिलो चरणको बैठक सम्पन्न भएको बताउदै जिल्ल खेलकुद बिकास समिति संग समन्वय गरेर काम गगर्ने बताउनु भयो । उहाले वडा नं. २ को टोलटार खेल मैदानमा खेल सम्पन्न हुने बताउनु भयो । उहाले भन्नु भयो ‘हाम्रो पालिकामा खेल सम्पन्न हुदै गर्दा हामी ब्यवस्थापनको काम गर्छौ, अन्न पालिकाले पनि उत्तीकै सहयोग गर्नु पर्छ ।’

TOP