पालिका विशेष सूर्योदयमा बृक्षारोपण अभियान शुरु जीवनशैली सूर्योदयमा आप्रवासी उद्यमी,ब्यवसायीलाई सहयोग तथा सम्मान पालिका विशेष सूर्योदयका सामाजिक समस्या समाधानका लागि एलायन्सको ध्यानाकर्षण पालिका विशेष इलाम नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा पालिका विशेष इलामको माङसेबुङ गाउँपालिकाका ११० घरपरिवारलाई लालपुर्जा जीवनशैली माइजोगमाईका युवा उद्यमीलाई बस्तुगत सहायता हस्तान्तरण अर्थ वाणिज्य माईजोगमाई ५ का जेष्ठ नागरिकलाई सम्मान Uncategorized माइजोगमाईका उद्यमी युवालाई बस्तुगत सहायता हस्तान्तरण कला / मनोरञ्जन इलामे श्रष्टा दिपेन्द्रको पृथ्वीको ब्यपार अर्थ वाणिज्य इलाममा अर्गानिक चियाको प्रदर्शनी तथा टि-टेस्टीङ
Hamropalika menu advertisement

सूर्योदय नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

  • प्रकाशित मितिः July 10, 2025
  • हाम्रो पालिका
सूर्योदय नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

फिक्क्ल: इलामको सूर्योदय नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आईतबार सम्पन्न भएको छ ।३० वटा इभेन्टको प्रतियोगितामा नगर क्षेत्रका सामुदायिक र संस्थागत गरी १८ बिद्यालय सहभागी खेलको फाईनल संगै प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा करफोक बिद्यामन्दिर माध्यमिक बिद्यालय ११ स्वर्ण पदक सहित पहिलो, फिक्कल माध्यमिक बिद्यालय १० स्वर्ण सहित दोस्रो र कृष्णाश्रम माध्यमिक बिद्यालय ६ स्वर्ण सहित तेस्रो भएका छन । बिरेन्द्र माध्यमिक बिद्यालयकोे लेलमैदानमा सम्पन्न खेलमा छात्र तथा त्रात्राको दौड, हाईजम्प, लङजम्प, सटपुट लगायतका खेल भएका थिए ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी र बिद्यालयले पदक , प्रमाण पत्र तथा ट्रफी पाएका थिए ।उक्त प्रतियोगितामा प्रथम हुने खेलाडीले जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी बन्न पाउने छन ।
सूर्योदय नगरपालिका नगर खेलकुद बिकास समितिका संयोजक सौरभ आचार्यको अध्यक्षता तथा नगर प्रमुख रणबहादुर राईको अध्यक्षतामा समापन कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख राईले खेल क्षेत्रको बिकासमा नगरपालिकाले सधै ध्यान दिने बताउनु भयो । उहाले स्थानीय सरकार खेल क्षेत्रको बिकासका लागि सधै तत्पर रहेको र सम्बन्धित बिद्यालय र खेलाडी समेतले प्रतियोगिताका लागि मेहनत गर्नु पर्ने बताउनु भयो । नगर प्रमुख राईले भन्नु भयो‘खेल आयोजना मात्र भएर हुँदैन खेलाडीको अनुसाशन र निरत्र्ता पनि हुनुपर्छ ।’
वडा नम्बर नौ का वडाध्यक्ष देवेन्द्र शर्माले गाउँगाउँमा खेलाडी उत्पाद गर्न प्रतियोगिताले सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला खेलकुद बिकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्तोलाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जिल्ला स्तरीय संस्करण यस पटकबाट फरक फरक पालिकामा गर्न थालिएको जानकारी दिनु भयो । बिगतमा जिल्ला सदरमुकाममा मात्र हुँदै आएको प्रतियोगिता यस पटक फाकफोकथुम गाउँपालिकामा हुँने बताउनु भयो । उहाले उक्त प्रतियोगिता खेलाडी छनौट गर्ने थलो भएकाले स्थानीय सरकारले प्रतियोगिताका लागि बजेटको ब्यवस्था गर्नु पर्ने बताउनु भयो ।
सूर्योदय नगरपालिकाका खेलकुद प्रशिक्षक प्रदिप नारायाण प्रधानले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रम शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले संचालन गर्नु भएको थियो । कार्यक्रममा रेफ्री सहित सहयोगी र बिजेतालाई नगरप्रमुख राई सहितका अतिथिले प्रमाणपत्र, मेडल वितरण गर्नु भएको थियो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जस्तो खेलाडी उत्पादन गर्ने महत्वपूर्ण कार्यक्रम भए पनि नगर प्रमुख राई र वडा नं ९ का वडाध्यक्ष देवेन्द्र शर्मा बाहेकका वडाध्यक्ष र कार्यपालिका सदस्य सहित कोही पनि उपस्थित थिएनन । उपप्रमुख दुर्गा कुमार बराल र कार्यपालिका सदस्य सावित्रा शिवा कार्यक्रममा पुग्नु भए पनि एकछिन समय दिएर अन्य कार्यक्रममा जानु भएको थियो ।

TOP