जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

सूर्योदय नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
सूर्योदय नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

फिक्क्ल: इलामको सूर्योदय नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आईतबार सम्पन्न भएको छ ।३० वटा इभेन्टको प्रतियोगितामा नगर क्षेत्रका सामुदायिक र संस्थागत गरी १८ बिद्यालय सहभागी खेलको फाईनल संगै प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा करफोक बिद्यामन्दिर माध्यमिक बिद्यालय ११ स्वर्ण पदक सहित पहिलो, फिक्कल माध्यमिक बिद्यालय १० स्वर्ण सहित दोस्रो र कृष्णाश्रम माध्यमिक बिद्यालय ६ स्वर्ण सहित तेस्रो भएका छन । बिरेन्द्र माध्यमिक बिद्यालयकोे लेलमैदानमा सम्पन्न खेलमा छात्र तथा त्रात्राको दौड, हाईजम्प, लङजम्प, सटपुट लगायतका खेल भएका थिए ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी र बिद्यालयले पदक , प्रमाण पत्र तथा ट्रफी पाएका थिए ।उक्त प्रतियोगितामा प्रथम हुने खेलाडीले जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी बन्न पाउने छन ।
सूर्योदय नगरपालिका नगर खेलकुद बिकास समितिका संयोजक सौरभ आचार्यको अध्यक्षता तथा नगर प्रमुख रणबहादुर राईको अध्यक्षतामा समापन कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख राईले खेल क्षेत्रको बिकासमा नगरपालिकाले सधै ध्यान दिने बताउनु भयो । उहाले स्थानीय सरकार खेल क्षेत्रको बिकासका लागि सधै तत्पर रहेको र सम्बन्धित बिद्यालय र खेलाडी समेतले प्रतियोगिताका लागि मेहनत गर्नु पर्ने बताउनु भयो । नगर प्रमुख राईले भन्नु भयो‘खेल आयोजना मात्र भएर हुँदैन खेलाडीको अनुसाशन र निरत्र्ता पनि हुनुपर्छ ।’
वडा नम्बर नौ का वडाध्यक्ष देवेन्द्र शर्माले गाउँगाउँमा खेलाडी उत्पाद गर्न प्रतियोगिताले सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला खेलकुद बिकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्तोलाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जिल्ला स्तरीय संस्करण यस पटकबाट फरक फरक पालिकामा गर्न थालिएको जानकारी दिनु भयो । बिगतमा जिल्ला सदरमुकाममा मात्र हुँदै आएको प्रतियोगिता यस पटक फाकफोकथुम गाउँपालिकामा हुँने बताउनु भयो । उहाले उक्त प्रतियोगिता खेलाडी छनौट गर्ने थलो भएकाले स्थानीय सरकारले प्रतियोगिताका लागि बजेटको ब्यवस्था गर्नु पर्ने बताउनु भयो ।
सूर्योदय नगरपालिकाका खेलकुद प्रशिक्षक प्रदिप नारायाण प्रधानले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रम शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले संचालन गर्नु भएको थियो । कार्यक्रममा रेफ्री सहित सहयोगी र बिजेतालाई नगरप्रमुख राई सहितका अतिथिले प्रमाणपत्र, मेडल वितरण गर्नु भएको थियो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जस्तो खेलाडी उत्पादन गर्ने महत्वपूर्ण कार्यक्रम भए पनि नगर प्रमुख राई र वडा नं ९ का वडाध्यक्ष देवेन्द्र शर्मा बाहेकका वडाध्यक्ष र कार्यपालिका सदस्य सहित कोही पनि उपस्थित थिएनन । उपप्रमुख दुर्गा कुमार बराल र कार्यपालिका सदस्य सावित्रा शिवा कार्यक्रममा पुग्नु भए पनि एकछिन समय दिएर अन्य कार्यक्रममा जानु भएको थियो ।

TOP