जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

नेपाली चियाको समस्या समाधान हुन्छ : पूर्व प्रधानमन्त्री खनाल

  • प्रकाशित मितिः April 15, 2026
  • हाम्रो पालिका
नेपाली चियाको समस्या समाधान हुन्छ : पूर्व प्रधानमन्त्री खनाल

फिक्कल: पूर्व प्रधानमन्त्री झलनाथ खनालले चिया क्षेत्रका समस्याको समाधान चियाको बजार बिविधिकरण गर्नु पर्ने बताउनु भएको छ ।सूर्योदय टी एसोसीएसनले बिहिबार सूर्योदय नगरपालिकामा आयोजना गरेको कार्यक्रममा चिया उद्योगीका मागलाई सम्बनोधन गर्दै खनालले भारतीय बजारमा परनिर्भर बन्नु परेको नेपाली चियाको बजार बिस्तार गरी विविधिकरण नै चियाको दिगो समाधान भएको बताउनु भएको हो । उहाले गुणस्तरीय चिया उत्पादन गरी चिन सहित बिश्वका तेस्रो मुलुकमा नेपाली चियाको बजार खोज्नु पर्ने बताउनु भएको छ ।
भारतले नेपाली चियाका कारण भारतीय चिया समेत बिशाक्त भई बिश्व बजारमा असर गरेपछि भारतीय संषदले नेपाली चियालाई प्रतिबन्ध लगाउन खोजेको स्मरण गराउदै खनालले चियाको दिगो समाधानका लागि प्रधानमन्त्री र परराष्टमन्त्री स्तरीय पहल कदमीको आवश्यक रहेको बताउनु भयो । उहाले भारतमा नेपाली चिया निर्यात गर्दा बार्षिक ४ अर्व आम्दानी भैरहे पनि चिन सहितका देशमा ब्यपार बढाउन सके उक्त आर्थिक दर बढाउन सकिने बताउनु भयो । खालले चियाको बोट देखि सुधार गर्न सक्ने हो भने नेपाली चिया बिश्व बजारमा पठाउन सहज हुने बताउनु भयो ।
खनालले मंसिर ४ को निर्वाचन पछि बन्ने गठबन्धनको सरकारले चिया क्षेत्रका समस्या समाधान गर्ने बताउनु भयो ।
खनालले गठबन्धनको सरकारले मात्र यस्ता समस्या समाधान गर्न सक्ने भएकाले सहयोग गर्न आग्रह गर्नु भयो । उहाले उद्योगीले उठाएका अर्गानिकरण, करछुट, सहुलीयत , दोहोरो कर लगायतका बिषय समाधान गर्न निर्वाचन पछि आफुले पहल गर्ने बताउनु भयो ।
उक्त अवसरमा एसोसीएसनका अध्यक्ष उत्तम प्रधान , गोपाल कटेल , अभिनन्द गिरी लगायतले चिया क्षेत्रका समस्या अवगत गराउनु भएको थियो ।
कार्यक्रममा प्रदेश १ की पर्यटन मन्त्री तथा निर्वाचन क्षेत्र न.ं १ प्रदेश सभा क की गठबन्धन उम्मेदवार खिनु लङवा , प्रदेश सभा ख का गठबन्धन उम्मेदवार शम्सेर राईले आफुहरुले भोलीका दिनमा चिया क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । कार्यक्रममा चिया उद्योगी , चिया सहकारीका प्रतिनिधिको सहभागीता रहेको थियो ।

TOP