अर्थ वाणिज्य इलामको सूर्योदयमा १५ दिन भित्रमा मालपोत र नापी कार्यालय स्थापना हुने अर्थ वाणिज्य ६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न जीवनशैली सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन अर्थ वाणिज्य अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने अर्थ वाणिज्य ३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा सर्वसम्मत नेतृत्व चयन गर्न कांग्रेस पूर्व सभापति फोरमको पहल जीवनशैली कन्याम चिया बगानका २२ जना श्रमिकलाई निःशुल्क चस्मा वितरण जीवनशैली माईजोगमाई गाउँपालिकामा सोधपुछ तथा सहायता कक्ष स्थापना प्रदेश पूर्व सभापति फोरमको पहल : इलाम क्षेत्र नं १ मा कांग्रेसको सर्वसम्मत नेतृत्वको खोजी जीवनशैली सूर्योदयमा लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न
Hamropalika menu advertisement

धरौटीमा छुटेपछि आस्थाले गरिन् प्रहरीको प्रशंसा

  • प्रकाशित मितिः February 9, 2026
  • हाम्रो पालिका
धरौटीमा छुटेपछि आस्थाले गरिन् प्रहरीको प्रशंसा

१४ माघ, काठमाडौं । अभद्र व्यवहारको मुद्दामा धरौटीमा रिहा भएपछि गायिका आस्था राउतले प्रहरीको प्रशंसा गरेकी छन् । हिरासतमा आफूलाई प्रहरीबाट निकै सहज र राम्रो व्यवहार भएको उनले बताइन् ।

हँसिलो अनुहारमा आफ्नो बुवासँग बाहिर निस्केकी आस्थाले उपस्थित सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिएकी थिइन् । उनले यसअघि प्रहरीप्रतिको आफ्नो गलत बुझाइ दुई दिनमा फेरिएको समेत बताइन् ।

‘मैले प्रहरीलाई जुन रुपमा बुझेकी थिएँ, त्यो होइन रहेछ । प्रहरी साँच्चै जनताको साथी रहेको अनुभूति भयो । गल्ति मबाटै भएको थियो । उहाँहरुले मलाई कुनै पनि नराम्रो व्यवहार गर्नुभएन,’ आस्थाले भनिन् ।

उनले यो घटना सबैका लागि पाठ भएको समेत बताइन् । ४ हजार रुपैयाँ धरौटीमा छुटेकी आस्थाले अब १४ फागुनमा सीडीओ कार्यालयमा हाजिर हुनुपर्ने छ । उनले प्रहरीलाई आफ्नोतर्फबाट पूर्ण सहयोग गर्ने बताएकी छन् ।

TOP