फिक्कल: इलाम निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांगेसका युवा उम्मेद्धवार निश्कल राई बिजयी बन्नु भएको छ । इलाम क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार श्रम संस्कृति पार्टीका बिनोद नेम्वाङलाई नौ सय ११ मत अन्तरले पराजित गर्दै कांग्रेका राई बिजयी बन्नु भएको हो ।
काग्रेसका राईले १४ हजार ५४३ मत पाउदा श्रम संस्कृति पार्टीका नेम्वाङले १३ हजार ६३२ मत पाउनु भएको छ । एमालेका काजीमान कागते ११ हजार ९६६ मत सहित तेस्रो बन्नु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका बिमल गदालले नौ हजार १६० मत र नेपाली कम्युनिष्ट पार्टीका रण बहादुर राईले सात हजार ६६५ मत पाउनु भएको छ । इलाम क्षेत्र नं. १ मा ६४ हजार १०४ मत खसेको थियो । यहाँ १३ जना उम्मेद्धवार चुनावी प्रतिस्पर्धामा थिए ।
शिक्षा पृष्ठभूमिबाट राजनीतिमा आउनु भएका राईले व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययन पूरा गरी हाल अर्थशास्त्रमा एमफिएल अध्ययनरत हुनुहुन्छ । शैक्षिक दक्षतासँगै संगठनात्मक अनुभव बटुलनु भएका राई नेपाली कांग्रेसको विभिन्न जिम्मेवारी सम्हाल्दै हाल नेपाली कांग्रेस इलाम १ प्रदेश ख को क्षेत्रीय सभापति समेत हुनुहुन्छ ।
विद्यार्थी राजनीतिबाटै राजनीतिक यात्रामा होमिनु भएका राईले शिक्षण, सामाजिक सेवा र अन्तर्राष्ट्रिय अनुभवलाई राजनीतिक अभ्याससँग जोड्दै आउनु भएको छ । काठमाडौंस्थित शंकरदेव क्याम्पसमा अध्यापन गरेको अनुभवले उहालाई शिक्षा प्रणालीका समस्या र सम्भावनाबारे व्यवहारिक बुझाइ दिएको छ।
३६ वर्षको उमेरमै प्रतिनिधिसभामा बिजयी बन्नु भएका राई इलामको सूर्योदय नगरपालिका ४ का स्थानीय बासिन्दा हुनुहुन्छ । २०५६ साल पछि लगातार एमालेले बिजयी हासिल गर्दै आएको यस क्षेत्रमा २६ बर्ष पछि नेपाली काग्रेस बिजयी भएको छ ।