अर्थ वाणिज्य इलामको सूर्योदयमा १५ दिन भित्रमा मालपोत र नापी कार्यालय स्थापना हुने अर्थ वाणिज्य ६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न जीवनशैली सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन अर्थ वाणिज्य अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने अर्थ वाणिज्य ३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा सर्वसम्मत नेतृत्व चयन गर्न कांग्रेस पूर्व सभापति फोरमको पहल जीवनशैली कन्याम चिया बगानका २२ जना श्रमिकलाई निःशुल्क चस्मा वितरण जीवनशैली माईजोगमाई गाउँपालिकामा सोधपुछ तथा सहायता कक्ष स्थापना प्रदेश पूर्व सभापति फोरमको पहल : इलाम क्षेत्र नं १ मा कांग्रेसको सर्वसम्मत नेतृत्वको खोजी जीवनशैली सूर्योदयमा लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न
Hamropalika menu advertisement

इलाम क्षेत्र नं. १ मा कांग्रेसका ९ जनाको नाम सिफारिस

  • प्रकाशित मितिः February 1, 2026
  • हाम्रो पालिका
इलाम क्षेत्र नं. १ मा कांग्रेसका ९ जनाको नाम सिफारिस

फिक्कल
इलामको निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसले प्रतिनिधि सभा प्रत्यक्ष तर्फका लागि ९ जनाको नाम सिफारिस गरेको छ ।  इलाम क्षेत्र नं. १ बाट सिफारिस हुनेमा युवा नेता प्रदेश सभा क्षेत्र सभापति निस्कल राई, क्षेत्रिय प्रतिनिधि नगेन्द्र बुढाथोकी पूर्व राज्यमन्त्री केशव थापा, पूर्व संविधान सभा सदस्य टिकाराम सुब्बा, जिल्ला सभापति डम्बर बहादुर खड्का, पूर्व राज्यमन्त्री वेनुपराज प्रसाई, पूर्व प्रतिनिधि सभा उम्मेदवार भुपेन्द्र कट्टेल, महाधिवेशन प्रतिनिधि हरि प्रसाद लुइँटेल र पूर्व प्रतिनिधि सभा उम्मेदवार भेषराज आचार्य रहेका छन् । नेपाली कांग्रेस क्षेत्रीय कार्य समितिले उक्त नाम जिल्लामा सिफारिस गरेको जनाएको छ ।

जिल्ला सभापति डम्बर बहादुर खड्काले यस अघि इलाम क्षेत्र नं. २ बाट प्रदेश सभा चुनाबका साथै क्षेत्र नं. २ मा नै २०७८मा सुवास नेम्वांग र २०८१ को उप–निर्वाचनमा सुहांङ नेम्वांगसंग पराजय भोगी सकेका छन् ।खड्का सामाजिक क्षेत्रमा सक्रिय रहदै आएका छन । भेषराज आचार्य पनि सोहि क्षेत्रबाट २०७४ सुवास नेम्वांग संग प्रतिनिधि सभामा पराजय भोगेका थिए भने पार्टीको १२औँ, १३औँ र १४औँ अधिवेशनमा जिल्ला सभापतिमा पराजित भएका हुन् । जिल्लामा उनलाई सलिन नेताको रुपमा चित्रण गरिन्छ ।
पूर्व राज्यमन्त्री तथा पूर्व जिल्ला सभापति केशव थापा तत्कालिन इलाम क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा तथा संविधान सभामा जित हासिल गरेका व्यक्ति हुन् । पछिल्लो समय उनको राजनीतिक सक्रियता तथा प्रभाव जिल्लामा कमै मात्र रहेको छ । २०५६ को आम निर्वाचनमा क्षेत्र नं. १ बाट पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई पराजित गरेका पूर्व राज्यमन्त्री वेनुपराज प्रसाई संविधान सभाको पहिलो निर्वाचनमा सोहि क्षेत्रमा खनालसंग पराजित भएका थिए । त्यसैगरि टिकाराम सुब्बा समानुपातिक तर्फ पहिलो संविधान सभाको सदस्य हुन् भने भुपेन्द्र कट्टेल यहि क्षेत्रबाट २०७४ को प्रतिनिधि सभा चुनावमा खनालसंग १७००० बढी मतान्तरले पराजित भएका उम्मेदवार हुन् । पूर्व शिक्षक हरि प्रसाद लुइँटेल पार्टीको महाधिवेशन प्रतिनिधि हुन् ।
युवाहरु तर्फबाट प्रतिनिधित्व गर्ने निष्कल राई हाल प्रदेश सभा १ (ख)का सभापति हुन् भने पुर्व क्षेत्रिय सह–सचिव पनि हुन् । नेपाल विद्यार्थी संघमा लामो समयसम्म आबद्ध रहेका राई शंकरदेव क्याम्पसका पूर्व लेक्चरर पनि हुन् । अर्का युवा क्षेत्रिय प्रतिनिधि नगेन्द्र बुढाथोकी लामो समय देखि राजनीतिमा सक्रिय रहेका छन । उनले पार्टीका बिभिन्न ठाउमा बसेर काम गरी सकेका छन । स्पष्ट बक्ताको रुपमा चिनिएका बुढाथोकी युवामाझ निक्कलै लोकप्रिय छन ।
पार्टी सभापति डम्बर खड्का, केशव थापा तथा भेषराज आचार्यको क्षेत्र २ भएपनि पटक पटकको हार पश्चात अहिले क्षेत्र १ मा आएका हुन् ।
पछिल्लो समय जेनजी आन्दोलन पछि काग्रेस भित्र पुस्तान्तरण र युवालाई अवसर दिनु पर्ने चौतफी दवाब भए पनि इलाममा बर्षौ देखिका नेताको नाम सिफरिस भएको छ । सिफारिस भएको मध्ये नगेन्द्र बुढाथोकी र निस्कल राई युवा प्रतिनिधि हुन । स्थानीयले समेत बुढाथोकी र राईको पक्षमा सामाजिक संजालमा समर्थन जनाइरहेको पाइएको छ ।इलाम क्षेत्र नं. २ मा भने कांग्रेसले उम्मेदवारको नाम सिफरिस गर्न सकेको छैन ।

TOP