जीवनशैली सूर्योदयमा माघ २७ गतेदेखी एचपिभी खोप अभियान संचालन गरीने अर्थ वाणिज्य रोङ गाउँपालिकामा ‘अविभावक शिक्षा’ प्रभावकारी बन्दै अर्थ वाणिज्य पूर्वीनाकाबाट २३ अर्बको आयात, १३ अर्बको निर्यात कला / मनोरञ्जन ‘किम्फ’ फिल्ममा रम्दै इलामेली अर्थ वाणिज्य इलामको माइजोगमाई गाउँपालिकाको माईबेनीमा प्रतियोगितात्मक कृषि प्रदर्शनी खेलकुद सूर्योदय नगर स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि करफोक मा.बि.लाई जीवनशैली नाम्सालिङको हात्तीटारमा निशान पदयात्रीको भब्य स्वागत कला / मनोरञ्जन निशान पदमार्गमा पदयात्राको अन्तिम तयारी पालिका विशेष निशान पदमार्ग उद्घाटन कार्यक्रम जीवनशैली निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा डिल्ली खनाल निर्वाचित
Hamropalika menu advertisement

बिश्व पर्यटन दिवसमा कन्याममा फोटो प्रतियोगिता (फोटो फिचर)

  • प्रकाशित मितिः January 22, 2025
  • हाम्रो पालिका
बिश्व पर्यटन दिवसमा कन्याममा फोटो प्रतियोगिता (फोटो फिचर)
Spread the love

कन्याम: विश्व पर्यटन दिवस २०२२ को अवसरमा ‘पर्यटकीय नगरी’ सूर्योदय नगरपालिकामा फोटो प्रतियोगिता सम्पन्न भएको छ ।सूर्योदय नगरपालिकाको आयोजनामा पर्यटकीय स्थल कन्याममा एक्सप्लोर दि अनएक्सप्लोर नारा राखेर फोटो प्रतियोगिता सम्पन्न भएको हो ।
नगर प्रमुख रणबहादुर राईको अध्यक्षता तथा संबिधानसभा सदस्य सूर्यबाला राईको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा फोटो प्रतियोगितामा पहिलो , दोस्रो र तेस्रो हुनेलाई नगद सहित प्रमाणपत्र वितरण गरिएको छ ।प्रतियोगितामा सूर्योदय १० का निसान्त रानाले कन्यामको रात्रीकालीन फोटो खिचेर प्रथम हुनु भएको छ । उहाले नगद १५ हजार र प्रमाणपत्र पाउनु भयो । त्यस्तै सूर्योदयकै सुन्दर मैनालीले खिच्नु भएको कन्याबाट देखिने हिमालको दृश्य सहितको फोटोले दोस्रो स्थान पाएको छ । उहाले नगद १० हजार र प्रमाणपत्र पाउनु भयो । त्यस्तै झापा मेचीनगरका चराखोजकर्ता देवेन खरेलले सूर्योदय १ को सिमधापमा खिच्नु भएको बिश्वमै दुर्लभ हग्रायोको फोटोले तेस्रो स्थान पाएको छ । उहाले नगद ५ हजार र प्रमाणपत्र पाउनु भयो । सहभागीले फोटोसंगै फोटोको बारेमा ५० शब्दको विवरण लेखेका थिए । टप टेन फोटो छनौट गरी टप थ्री छनौट गरिएको थियो । नगरका इन्जिनियर सिर्जन गदालले नयाँ पर्यटकीय गन्तब्यलाई उजागर गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिनु भयो ।

पर्यटकीय क्षेत्रमा प्रदेश १ को अब्बल मानिएको सूर्योदय नगरपालिकाले नगर क्षेत्रमा प्रचार नगरिएका धेरै गन्तव्यहको पहिचानको उद्धेश्य राखेर प्रतियोगिता गरेको थियो । २८ जना फोटोग्राफरले भाग लिएका थिए ।
कार्यक्रममा संबिधान सभा सदस्या सूर्यवाला राईले स्थानीय पालिकाहरुले पर्यटनमैत्री नीति बनाएर पालिका पालिका बिचमा सहकार्य गर्नु पर्ने बताउनु भयो । उहाले कन्याम सहितका पर्यटकीय चिया बगान भारतीय कम्पनीलाई लिजमा दिनु दुखद भएको बताउदै सरकारले आफनो स्वामित्वमा लिनु पर्ने बताउनु भयो ।
नगर प्रमुख राईले प्रदेश १ सरकारले सूर्योदयलाई पर्यटकीय नगरी घोषणा गरेपनि पर्यटकीय नगरीको नीति निर्माण गर्न वाँकी रहेको बताउनु भयो । उहाले पर्यटन प्रवर्धन गर्न बिकास निर्माण गरेर मात्र नहुने भएकाले स्थानीय रितिरिवाज र रहनसहन बचाउन सक्नु पर्ने बताउनु भयो । उहाले भन्नु भयो‘भौतीक संरचना निर्माण गरेर मात्र हुँदैन, संरचना निर्माण पछि ती ठाउँको आर्थिक सामाजिक रुपान्रण हुनु पर्छ ।’
नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले सूर्योदयले पूर्वी पहाडकै पर्यटनको नेतृत्व गर्नु पर्ने बताउनु भयो । उहाले भन्नु भयो ‘पर्यटन ब्यवसायलाई पुर्न बिचर गरी दिगो ब्यवसाय बनाउनु पर्छ ।’कार्यक्रममा पत्रकार केदार शर्माले पर्यटकीय गन्तब्य धेरै भए पनि इलामले अतिथि सत्कारमा ध्यान दिन नसकेको बताउनु भयो । पत्रकार शर्माले भन्नु भयो‘इलाम आएका पर्यटकलाई न्यानो आतिथ्यता अझै दिन सकिएको छैन, त्यो सिक्न जरुरी छ ।’
कार्यक्रममा सूर्योदय नगरपालिकाका उप प्रमुख दुर्गाकुमार बरालले पर्यटकीय हिसावले इलाम पर्यटकको ट्रान्जिट प्वाईन्ट मात्र भएको बताउनु भयो । उहाले इलाम आएका पर्यटक छोटो समय घुमेर भारतको मिरिक , दार्जिलिङ जाने गरेको बताउनु भयो । ‘हामीले हाम्रो संस्कृति , भेषभूषा संग पर्यटकलाई जोडेर केहि दिन इलाममै रोक्न सक्नु पर्छ’उप प्रमुख बरालले भननु भयो ।

बिश्व पर्यटन दिवसको अवसरमा नगरले कन्याम , अन्तु, फिक्कल, र्आइतबारे लगायतका स्थानमा सरसफाई कार्यक्रम आयोजना गरेको थियो । वडा कार्यालयको अगुवाईमा १४ वटै वडाका पर्यटकीय स्थलमा सरसफाई गरिएको थियो । नगरमा कन्याम, अन्तु, बुद्धपार्क , स्वामीपार्की , चित्रे गुम्बा , गुफापाताल लगायतका दर्जनौ पर्यटकीय स्थल रहेका छन् । यस अघि नै प्रदेश १ सरकारले सूर्योदयलाई पर्यटकीय नगरी घोषणा गरीसकेको छ । कन्याम अन्तुमा बाह्रै महिना पर्यटकको घुईचो लाग्ने गरेको छ । स्वदेशी पर्यटकको रोजाईमा परेका कन्याम , अन्तुमा पर्यटन ब्यवसाय समेत फस्टाउदै गएको छ ।

बिश्व पर्यटन दिवसको अवसरमा सूर्योदयमा आयोजित फोटो प्रतियोगितामा प्रथम भएको कन्यामको रात्रीकालिन तस्विर , उक्त तस्विर निसान्त रानाले खिच्नु भएको हो ।
बिश्व पर्यटन दिवसको अवसरमा सूर्योदयमा आयाेिजत फोटो प्रतियोगितामा दोस्रो भएको कन्यामबाट देखिएको हिमालको दृश्य , उक्त तस्विर सुन्दर मैनालीले खिच्नु भएको हो ।
बिश्व पर्यटन दिवसको अवसरमा सूर्योदयमा आयोजित फोटो प्रतियोगितामा तेस्रो भएको बिश्वमै दुर्लभ चरा हग्रायो , खरेलले उक्त चरा १ बबर्ष अघि गोर्खेको सिमधापमा फेला पार्नु भएको थियो । उक्त तस्विर झापाका चरा जोजकर्ता देवेन खरेलले खिच्नु भएको हो ।
पर्यटन दिवसमा सरसफाई कार्यक्रम
पर्यटन दिवसमा सरसफाई कार्यक्रम
पुरस्कार ग्रहण गर्दै चरा खोजकर्ता देवेन खरेल

तस्विर सौजन्यः सूर्योदय नगरपालिका,इलाम

TOP