सूर्योदयका महत्वपूर्ण कार्यक्रममा वडाध्यक्ष सहितका जनप्रतिनिधिनै सहभागी हुँदैनन – Hamropalika
जीवनशैली सापकोटाले निर्माण गर्नु भएको मन्दिर बिष्णुज्योतिलाई हस्तान्तरण पालिका विशेष सूर्योदय नगरपालिकामा हस्तलेखन प्रतियोगिता सम्पन्न, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका बिजेतालाई नगद सहित सम्मान अर्थ वाणिज्य इलामका १२२ आन्तरिक सडकको यात्रु भाडादर सार्वजनिक खेलकुद नेपाली सेनाद्धारा बिद्यालयलाई शैक्षिक, खेलकुद र मनोरञ्जनका सामग्री हस्तान्तरण पालिका विशेष प्रतिबद्धता पुरा गर्दै वडाध्यक्ष : टोल–टोलमै स्वास्थ्य सेवा पालिका विशेष इलाममा लोकतन्त्रबादी आदिवासी जनजाती महासंघ गठन पालिका विशेष इलामको माईमा आगलागिबाट १० लाखको क्षति पालिका विशेष राष्ट्रिय रग्बी प्रतियोगिता पहिलो पटक इलामको माईमा हुने पालिका विशेष इलामको भालुझोडामा बस दुर्घटना हुँदा २६ जना घाइते पालिका विशेष फिक्कलमा घर निर्माण गर्ने ४ जना मजदुरको पुरिएर मृत्यु
Hamropalika menu advertisement

सूर्योदयका महत्वपूर्ण कार्यक्रममा वडाध्यक्ष सहितका जनप्रतिनिधिनै सहभागी हुँदैनन

  • प्रकाशित मितिः May 31, 2023
  • hamro_palika

फिक्कल: इलामको सूर्योदय नगरपालिका बिकास निर्माण देखि सबै कुरामा अग्रणी रहेको छ । इलामका १० पालिका मध्ये सबै हिसावले कहलिएको नगरपालिकामा नयाँ जनप्रतिनिधि आएको ३ महिना बढी भैसकेको छ । केहि पुरानै जनप्रतिनिधि छन भने केहि नयाँ अनुहार नगरमा जनप्रतिनिधिको रुपमा आएका छन् ।
नगरका प्रत्येक कार्यक्रममा जनप्रतिनिधिले छलफल बिमर्ष गर्नु पर्ने यो । तर, नगरका महत्वपूर्ण कार्यक्रममा जनप्रतिनिधि नै अनुपस्थित हुँने गरेका छन् । नगरले बिभिन्न कार्यक्रममा पत्र मार्फत अथवा फोन मार्फत जानकारी गराउने गरेको हुन्छ । बसेर छलफल गर्ने कार्यक्रममा वडाध्यक्ष सहित जनप्रतिनिधि न्यून मात्र सहभागी हुने गरेको पाईएको छ ।
शनिबार नगरमा आर्थिक बर्ष २०७८÷७९ मा संचालित आयोजना तथा कार्यक्रमको बार्षिक समिक्षा कार्यक्रम आयोजना गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा १४ मध्ये ७ जना मात्र वडाध्यक्ष उपस्थित भएका थिए । कार्यपालिका सदस्य सहित ७३ को टिम रहेको नगरमा शनिबारको कार्यक्रममा अति न्यून संख्यामा मात्र उपस्थिति थियो । कार्यक्रमका प्रमुख अतिथि रहनु भएका कार्यबहाक नगर प्रमुख दुर्गाकुमार बरालले अघिल्ला योजनाको बारेमा समिक्षा गरेर आगामी योजनाको यात्रा तय गर्ने कार्यक्रममा वडाध्यक्ष सहितका जनप्रतिनिधि उपस्थित नहुँनु दुखद पक्ष भएको बताउनु भयो । उहाले आफना कुरा राख्ने ठाउमा जनप्रतिनिधि नआउदा जनताका समस्याको समाधान हुँन नसक्ने बताउनु भयो । बरालले भन्नु भयो‘उहाहरुलाई जनताले आफना कुरा बोल्नका लागि भोट दिएर प्रतिनिधि पठाउनु भएको हो, जनताको भावनामा यसरी खेलवाड गर्न मिल्दैन।’
कार्यक्रममा बरालले सूर्योदयको समृद्धिका लागि सबैले सकारात्मक सोच राखेर अगाडी बढनु पर्ने बताउनु भयो । उहाले काम गर्ने क्रममा कुनै गल्ती कमजोरी भएको भए छलफल बहस गरी सच्याएर अगाडी बढ्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष डिक बम्जन, ५ का अध्यक्ष उर्गेन बम्जन, ७ का अध्यक्ष लोक बहादुर चाम्लिङ राई, ९ नम्बरका अध्यक्ष देवेन्द्र शर्मा आचार्य,११ का अध्यक्ष सन्तोष राई , १२ का अध्यक्ष डोलेन्द्र भारध्वज र १४ का अध्यक्ष बलबहादुर समाल मगर मात्र उपस्थित थिए । वडासदस्य र कार्यपालिका सदस्यको संख्या अत्यान्त न्यून मात्र थियो ।
कार्यक्रममा १ नम्बर वडाध्यक्ष राजकुमार लिम्बु , ३ नम्बरका अध्यक्ष लोकबहादुर प्रधान, ४ नम्बरका अध्यक्ष शरण राई, ६ नम्बर वडाध्यक्ष शिवकुमार बस्नेत, ८ का वडाध्यक्ष जंगबहादुर गुरुङ, १० नम्बरका अध्यक्ष पेमा उगेन लामा र १३ का अध्यक्ष हेमराज आचार्य उपस्थित भएका थिएनन । कार्यक्रममा कार्यपालिका सदस्य लता गौतम अधिकारी सहित केहि कार्यपालिका सदस्य मात्र सहभागी थिए ।
सबै वडाका वडा सचिवले प्रगतिविवरण प्रस्तुत गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भट्टराईले समिक्षा कार्यक्रमलाई वडाध्यक्ष सहित जनप्रतिनिधिले प्राथमिक्तामा नराखेको बताउनु भयो । उहाले भन्नु भयो‘बजेट पाउने कार्यक्रम भए आउने थिए, सुन्ने र छलफल गर्ने कार्यक्रम भएकाले नआएका होलान?’
उहाले समिक्षा कार्यक्रम आगामी बर्षका लागि मार्ग दर्शक भएको बताउदै पछिल्लो समय योजना संचालन गर्दा तलबाट माथीको नीति अवलम्बन गरिएको जानकारी दिनु भयो। कार्यक्रममा नेकपा एसका नगर अध्यक्ष कमल गदाल, नेपाली कांग्रेसका नगर उपसभापती रमेश प्रधान लगायतले नगरका बाह्मासे सडकले गति लिन नसकेको बताएका थिए ।
वडाले प्रस्तुत गरेको प्रतिवेदनमा प्राय सबै वडामा नगरले संचालन गरेको बाह्मासे सडकको काम हुँन नसक्दा प्रतिशतको आधारमा प्रगति कम भएको पाईएको छ । नगरका शिक्षा , स्वास्थ्य जस्ता महत्वपूर्ण कार्यक्रममा यस अघि देखि नै जनप्रतिनिधिको उपस्थिति न्यून हुँने गरेको छ । वडाअध्यक्षको फोन नउठने, कार्यालय समयमा नभेटीने लगायतका गुनासा बारम्बार आउन थालेका छन् ।

TOP