पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

फाकफोकथुममा जनप्रतिनिधि फेरीएसँगै फेरीयो कर्मचारीलाई हेर्ने दृष्टिकोण

  • प्रकाशित मितिः May 15, 2025
  • हाम्रो पालिका
फाकफोकथुममा जनप्रतिनिधि फेरीएसँगै फेरीयो कर्मचारीलाई हेर्ने दृष्टिकोण

भगीरथ भण्डारी


हरेक आर्थिक वर्षको अन्त्यसँगै फाकफोकथुम गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर जाने गर्दथे । आर्थिक वर्ष सकिए लगत्तै गाउँपालिकाबाट निस्किएका प्रमुख प्रशासकीय अधिकृत पुन फर्केर आउँदैन थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गएपछि अर्को को आउने र कहिले आई पुग्ने हुँदा हुँदै महिनौँ बित्थ्यो । फेरी आएका प्रमुख प्रशासकीय अधिकृतको पनि आर्थिक वर्षको अन्त्यसँगै गएपछि पुन फर्केर आउँदैन थिए । २०७४ सालको स्थानीय तह निर्वाचन सँगै फाकफोकथुम गाउँपालिकाको पाँच वर्ष यसै गरी बित्यो ।

कहिले अध्यक्ष त कहिले उपाध्यक्षको गाली खाएका प्रमुख प्रशासकीय अधिकृत आर्थिक वर्ष सकिन नपाउँदै सरुवा गर्ने योजना बनाई सकेका हुन्थे । गाली मात्र होईन कतिपय प्रमुख प्रशासकीय अधिकृतलाई त हात पात सम्म भएको गुनासो थियो । गाउँपालिकाको पाँचौँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका रेखनाथ दाहाल जनप्रतिनिधिले हात पात गरेकै कारण सरुवा भएर गए । चौथो अधिकृतको रुपमा रहेका जनार्दन कट्टेल सरुवा भएन भने यी जनप्रतिनिधि सँग काम गर्नुभन्दा जागिर राजीनामा दिएर घरमा बस्ने भन्दै त्यहिबेला गुनासो पोख्दथे । पाँच वर्षको अन्तरालमा सात जना प्रमुख प्रशासकीय अधिकृत रहेको फाकफोकथुम गाउँपालिकामा गाउँपालिकाका सूचना अधिकारी छैटौँ अधिकृत नारायण थापा मगर पटक पटक पटक निमित्त भएर चलाउनु पर्दथ्यो ।
जनप्रतिनिधिले ठाउँ ठाउँमा काम गर्नु भनेर काम गर्न लगाएको भन्दै आर्थिक वर्षको अन्त्यमा भूत्तानीको लागि आउने र दबाब दिने गरेको कारण कर्मचारी बस्न नमान्ने गरेको गुनासो थियो । पाँच वर्ष सम्म यसरी नै बितेको फाकफोकथुम गाउँपालिका नयाँ जनप्रतिनिधि आएसँगै कर्मचारी र जनप्रतिनिधि सँगको सम्बन्ध सुदृढ भएको छ । स्थानीय तहको दोस्रो निर्वाचन हुनुभन्दा एक महिना अघि गएका प्रमुख प्रशासकीय अधिकृत आर्थिक वर्ष सकिए पनि पूर्व प्रमुख प्रशासकीय अधिकृत जस्तो सरुवा गरी हाल्नु पर्ने अवस्थामा छैनन् । फाकफोकथुम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बु अहिले जनप्रतिनिधि र कर्मचारीबिच कुनै समस्या नभएको बताउँछन् । ‘कर्मचारीले ऐन कानुन अनुसार पालिका का हरेक योजना प्रक्रियागत रुपमा कार्यान्वयन गर्नुपर्ने हुन्छ जनप्रतिनिधिले त्यसमा हस्तक्षेप गरे भने कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध बिग्रिने हो, लिम्बु भन्छन् अहिले निर्वाचित अध्यक्ष÷ उपाध्यक्ष दबाबमा भन्दा पनि कानुनी प्रक्रियाबाटै काम गर्नुपर्छ भन्ने भएको कारण कार्यसम्पादनमा कर्मचारीलाई जनप्रतिनिधिबाट कुनै समस्या छैन ।’ ‘कर्मचारीमा पनि अहिलेको टिम काम गर्न ऊर्जाशील रहेको हुँदा फाकफोकथुम गाउँपालिकालाई जिल्लामा हेर्ने नकारात्मक दृष्टिकोण चिर्ने गरी काम गर्नुपर्छ भनेर सबै एक भएर लागिरहेको भन्दै उनले भने, ‘कार्यसम्पादनमा कुनै समस्या आएन भने गाउँपालिकालाई तीन वर्ष भित्र पहिलेको जस्तो हेर्ने दृष्टिकोण रहँदैन ।’ दरबन्दी अनुसार कर्मचारी अपुग भए पनि गाउँपालिकामा अहिले हरेका शाखामा भएका कर्मचारी अनुभवी र पाँच वर्षको दबाब खेपेर पनि काम गरी रहेका कर्मचारी रहेको हुँदा काम गर्न सहज हुने लिम्बु बताउँछन् । गाउँपालिकाका अध्यक्ष दीपेन्द्र खनाल जनप्रतिनिधिले नीतिगत काम गर्ने र योजनाको अनुगमन गर्ने हो कर्मचारीले त्यसको कार्यान्वयन गर्ने काम हुँदा आफ्नो आफ्नो काम गर्दा कर्मचारी र जनप्रतिनिधीमा समस्या नआउने बताउँछन् ।
फाकफोकथुम गाउँपालिकाका सूचना अधिकारी नारायण थापा मगर पहिलेको तुलनामा काम गर्न धेरै सहज भएको बताउँछन् । ‘नयाँ जनप्रतिनिधि आएको छोटो समय मात्र भए पनि अहिले काम गर्न सबै शाखामा समन्वय गरेर अघि बढीरहेको अवस्था छ उनी भन्छन्, यसरी नै समन्वयबाटै अघि बढेर काम गर्ने हो भने फाकफोकथुम गाउँपालिकाले फड्को मार्ने छ । गाउँपालिकाका लेखापाल तिलविक्रम लिम्बु जनप्रतिनिधिको दबाब आएपछि योजनामा भएको र कानुनी प्रक्रियाबाहिरका फायल मिल्दैन भनेर काम नगरेको भन्दै, ‘सिस्टम भन्दा बाहिर रहेर एउटा पनि काम गर्दिन भन्दै पटक पटक जनप्रतिनिधि दबाब झेल्नुपर्ने गुनासो गर्छन् ।

पाँच वर्षमा आठ प्रमुख प्रशासकीय


पाँच वर्षको सुरुवातमा कुमार राईले निमित्त प्रमुख प्रशासकीय भएर गाउँपालिकाको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि प्रमुख प्रशासकीय भएर डिल्ली सुवेदी गए पनि छोटो समयमै जनप्रतिनिधिकै कारण सरुवा भए । त्यसपछि लोकसेवा आयोगमा रहेका जनार्दन कट्टेल फाकफोकथुम गएपछि टिक्न सकेनन् । उनी पछि आएका रेखनाथ दाहाल आएका थिए । दाहाल पनि जनप्रतिनिधिले हात पात गरेपछि सरुवा भएपछि उमेश घिमिरे प्रमुख प्रशासकीय भएर गए तर उनी पनि लामो समय बस्न सकेनन् । उनीपछि पुरुस्वतम घिमिरे आएका थिए । आर्थिक वर्षको अन्त्यको प्रेसरमा परेका घिमिरे पनि हीने । उनी हीनेपछि केही समय खालि रहेका प्रमुख प्रशासकीयमा पालिकाको स्वास्थ्य शाखामा रहेका शिवनाथ यादवलाई कार्यालय प्रमुखको जिम्मा दिए । जागिरे जीवनको उत्तरार्धमा पुगेका यादवले सम्हाल्दै गर्दा अधिकृतमा नाम निकालेर चैत्र १३ गते प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै दिलकुमार लिम्बु आएका छन । गाउँपालिकामा अहिले जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध राम्रो रहेको कारण कर्मचारीलाई काम गर्न कुनै समस्या नभएको कारण गाउँपालिकाको हरेक काम सफल बनाउन सहज हुने कर्मचारी बताउँछन् ।

TOP