जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

लोप हुँदै आरन ब्यवसाय

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
लोप हुँदै आरन ब्यवसाय

फिक्कल: पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले इलाममा आरन पेशा लोप हुँदै गएको छ । विगतमा हँसिया,कुटो, कोदालो, बञ्चरो लगायतका कृषि औँजार निर्माण गर्ने आरन पेसा समयानुसार व्यावसायिक हुन नसक्दा पछिल्लो समय लोप हुँन थालेको हो ।
ब्यवसायीक बन्न नसके पछि तीन वर्ष अघि देखि उक्त पेशा छोडेर ज्याला मजदूरीको रुपमा काम थालेको सूर्योदय नगरपालिका ९का डम्बर बहादुर विश्वकर्माले बताउनु भयो । अहिलेको परिवेश अनुरुप उपयुक्त आम्दानी नहुने भएपछि युवाले उक्त पेशालाई छोडदै गएको उहाको भनाइ छ । गाउँका अधिकांश युवा आफ्नो पम्परागत पेसाभन्दा पनि वैदेशिक रोजगारीका लागि आकर्षित बन्न थालेका छन् । ‘दिनभर फलाम पिटेर विभिन्न सामग्री निर्माण ग¥यो , साझ छाक टार्नै मुस्किल पर्छ’ बिश्वकर्माले भन्नु भयो । उहा जस्ता धेरैले उक्त पेशा छोडी सकेका छन् । परम्परागत शिप नै अहिलेका युवाले सिक्न नखोज्ने गरेको बिगतमा आरन पेशा चालाएकाहरुको अनुभव छ ।
लामो समय देखी आरन पेशा गर्दै आउनु भएका सूर्योदय नगरपालिका –६ का अमृत रसाइलीले आफुले एक्लै उक्त पेशा थाम्दै आएको बताउनु भयो । रसाइलीले भन्नु भयो ‘ हातमा ठेला उठीजेली दिनरात काम गर्दा पनि उचित पारिश्रमिक पाइन्न, कसैको सहयोग छैन।’ तालिमका लागि सरकारी तथा गैरसरकारी संस्थाबाट सहयोग नभएकाले पेसा नै परिवर्तन गर्नुपरेको उहाहरुको भनाई छ । नयाँ पुस्ताले नयाँ कामको खोजीमा जाने, जरम्परागत पेशा गर्न धकाउने गरेका कारण आरन हराउँदै गएको पाईएको छ । राज्यले अरु पेशा व्यवसायीलाई जस्तै आरत ब्यवसायलाई सहयोग नगरेको आरन ब्यवसायीहरुको आरोप छ ।
एक पाथी अन्नको भरमा वर्ष भरि औँजार मर्मत र निर्माण गर्नुपर्ने अवस्था अहिले पनि कायम रहेको रसाईलीले बताउनु भयो । सिलाइमा समाजको व्यवहार र दृष्टिकोण परिवर्तन भए पनि आरन पेशामा भने परिवर्तन हुन नसकेको उहाको भनाई छ । आरन पेशा व्यावसायीक बन्न नसक्नु, पेशाालाई सम्मान हुने वातावरण नहुनु तथा सरकारले सहयोग नगर्नु जस्ता कारणले उक्त पेशा ओझेलमा पर्न थालेको बताइन्छ ।
गाउँघरमा भएका आरन ब्यवसाय बन्द भए पछि कृषि पेशा गर्ने किसानलाई समेत समस्या हुँन थालेको छ । खेती अनुसारका औजार चाहिन भए पनि गाउँघरमा औजार निर्माण हुँन छोडेपछि बजार सम्म पुग्नु पर्ने बाध्यता बढेको माईजोगमाई १ का उमाकान्त भट्टराईले बताउनु भयो ।

TOP