जीवनशैली सूर्योदयमा नागरिकता तथा घटना दर्ता सम्बन्धि अन्तरक्रिया सम्पन्न कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु
Hamropalika menu advertisement

इलामको सोयाकको माईभ्याली सामुदायिक वनका अध्यक्षविरुद्ध ३९ लाख बढीको भ्रष्टाचार मुद्दा

  • प्रकाशित मितिः December 2, 2025
  • हाम्रो पालिका
इलामको सोयाकको माईभ्याली सामुदायिक वनका अध्यक्षविरुद्ध ३९ लाख बढीको भ्रष्टाचार मुद्दा

काठमाडौँः इलामको इलाम नगरपालिका वडा नं। ११ स्थित माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष डोलबहादुर कार्कीविरुद्ध ३९ लाख ३४ हजार १०४ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार २०७० सालदेखि ठेकेदार र अध्यक्ष समेत रहेका कार्कीले समूहको निर्णय पुस्तिका तथा चेक बुक लगायतका कागजातहरू आफैँले राख्ने गरेको, वन उपभोक्ता समूहको नाममा रहेको बैङ्क खाताबाट रकम भुक्तानी लिई समूहको रकम ३० लाख ७८ हजार रुपियाँ वार्षिक कार्ययोजना स्वीकृत नगरी बदनियतपूर्वक खर्च गरी रकम हिनामिना गरेको र कटान आदेशभन्दा बढी आठ लाख ५५ हजार ५०४ को वन विनाश गरेको पुष्टि भएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा अध्यक्ष कार्कीविरुद्ध ३९ लाख ३४ हजार १०४ रुपियाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको आयोगले विज्ञप्तिमा उल्लेख छ ।यसैगरी, समितिको कोषाध्यक्ष रिता सम्बहाम्फे लोक्तामको संयुक्त दस्तखतमा खाता सञ्चालन भएको र निजले चेकमा हस्ताक्षर गरेको खुल्न आएकोले उनीविरुद्ध ३० लाख ७८ हजार ६०० रुपियाँ बिगो रकम कायम गरी जरिवाना एवम् असुल उपर हुन मागदाबी लिई बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।गोरखापत्र अनलाईनबाट

TOP