जीवनशैली सूर्योदयमा नागरिकता तथा घटना दर्ता सम्बन्धि अन्तरक्रिया सम्पन्न कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु
Hamropalika menu advertisement

सन्दकपुरमा अस्पताल निर्माण गर्न माग गर्दै मन्त्री बस्नेतलाई ज्ञापनपत्र

  • प्रकाशित मितिः December 3, 2025
  • हाम्रो पालिका
सन्दकपुरमा अस्पताल निर्माण गर्न  माग गर्दै मन्त्री बस्नेतलाई ज्ञापनपत्र

इलाम:इलामको सन्दकपुरमा निर्माण हुँदै आएको १५ बेडको अस्पताल निर्माण पुनः संचालन गर्न स्वास्थ्य मन्त्री मोहनबहादूर बस्नेतसँग ज्ञापन पत्र बुझाइएको छ । पूर्वी नेपालको स्वास्थ्य संस्थाको अनुगमनका लागि आएको मन्त्री बस्नेतसँग सन्दकपुर गाउँपालिका अध्यक्ष सहितको टोलीले ज्ञापन पत्र बुझाएको हो । निर्माण शुरु भई अहिले अलपत्र अवस्थामा रहेको १५ बेडको अस्पताल पुनः निर्माणको काम सुचारु गर्नका लागि पहल गरिदिने मन्त्री बस्नेतलाई गाउँपालिकाको टोलीले आग्रह गरेको हो ।
त्यसक्रममा सन्दकपुरको पर्यटन विकास र विकास निर्माणका लागि थप बजेट व्यवस्था गरिदिन गाउँपालिकाले आग्रह गरेको सन्दकपुर गाउँपालिका प्रमुख प्रशाकिय अधिकृत यादव राउतले बताए । स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र बुझाउन गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्ग, प्रमुख प्रशासकिय अधिकृत यादव राउत, नेपाली काग्रेसका नेता केसव थापा, खगेन्द्र देवान, देवेन्द्र सुवेदी लगायतको अउपस्थिति रहेको थियो ।

TOP