माईजोगमाई गाउँपालिकाको बजेट ४७ करोड ७५ लाख (पूर्ण पाठ सहित) – Hamropalika
जीवनशैली कुटिडाँडा टोलबिकास सस्थाको दोश्रो साधारणसभा सम्पन्न अर्थ वाणिज्य सूर्योदयमा आर्थिक बर्ष २०८०/०८१ को वार्षिक समीक्षा सम्पन्न, ८८ प्रतिशत बितीय प्रगति अर्थ वाणिज्य चिया निर्यातको बिकल्प खोज्दै सूर्योदयका ब्यवसायी पालिका विशेष शिक्षासेवी गौरीलामाको शालिक अनावरण अर्थ वाणिज्य इलामको सुकिलुम्बा विमानस्थलबाट पुनः हवाई उडान हुने Photo Gallery तिजको लहर आयो बरी लै………. अर्थ वाणिज्य सूर्योदयको बाल बचत खातामा डेढ बर्षमै ८८ लाख बढी रकम जम्मा अर्थ वाणिज्य इलाम र पाँचथरमा १ अर्व ७० करोड बढी लागतमा ९६ वटा कुलो निर्माण अर्थ वाणिज्य माईजोगमाइमा अपाङ्गता भएका ब्यक्तिलाई घर–घरमै सामग्री बितरण पालिका विशेष इलामको माईजोगमाई ६ प्याङ्गमा डा.गोविन्द केसीद्वारा ३८५ जनाको उपचार
Hamropalika menu advertisement

माईजोगमाई गाउँपालिकाको बजेट ४७ करोड ७५ लाख (पूर्ण पाठ सहित)

  • प्रकाशित मितिः September 13, 2024
  • hamro_palika

इलामको माईजोगमाई गाउँपालिकाको बजेट ४७करोड ७५ लाख ६१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । माईजोगमाई गाउँपालिका उपाध्यक्ष एवम् बजेट तथा कार्यक्रम तर्जुमा समित संयोजक प्रविना राईले प्रस्तुत गर्नुभएको माईजोगमाई गाउँपालिकाको बजेट तथा कार्यक्रम :

सभाध्यक्ष ज्यू,
यस गाउँपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजकको हैसियतले आ।व। २०८०र०८१ को आय व्यय विवरण ९बजेट० प्रस्तुत गर्न चाहान्छु ।
१। यस अवसरमा म राष्ट्रिय स्वाधिनताको रक्षा र संघीय गणतन्त्र निर्माणसम्म आउँदा राष्ट्रको लागि बलिदान दिनुहुने सबै महान् शहिदप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु ।
२। समृद्ध गाउँपालिका र सुखी जनताको अभियान पूरा गर्नका लागि अहोरात्र खटिने सबै राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधि एवम् सबै माइजोगमाइवासी नागरिकप्रति आभार व्यक्त गर्दछु ।
३। संविधानको मुख्य मर्म वित्तीय संघीयताअन्तर्गत आन्तरिक श्रोत सङ्कलन र परिचालन हो तर सङ्कलित राजश्वको अवस्था हेर्दा न्यून रुपमा आन्तरिक आय सङ्कलन भएको देखिन्छ । नागरिकहरुले तिरेको करबाट नै सबल र सक्षम स्थानीय तह निर्माण हुने हो । अतः सम्पूर्ण माइजोगमाईवासी नागरिकहरुमा तोकिएको समयमा आफूले तिर्नु पर्ने करहरु समयमा नै तिरिदिनु हुन सादर अनुरोध गर्दछु । यहाँहरुले तिरेको करको सही र समुचित सदुपयोग गरि माइजोगमाई गाउँपालिकालाई समृद्ध बनाउने कार्यमा सदैब लाग्न हामी प्रतिवद्ध छौँ ।
४। माइजोगमाइ गाउँपालिकाको सम्पूर्ण विकासको लागि समृद्ध गाउँपालिका र सुखी जनता भन्ने मूल नाराअनुसार आवधिक योजना अद्यावधिक गरी स्थानीय आवश्यकतालाई सम्बोधन गर्नु हाम्रो कर्तव्य हो । नागरिकहरुको विकासप्रतिको सकारात्मक सोच र चाहना, स्थानीय आवश्यकता पहिचान, सामाजिक, आर्थिक र विकासात्मक गतिविधिलाई नागरिकमैत्री बनाउनु पर्ने आवश्यकताअनुरुप संघीय सरकार र प्रदेश सरकारबाट सन्चालन हुने कार्यक्रमलाई एकरुपता दिने प्रयास गरिएको छ ।
५। यस अवधिमा प्रदेश सरकार र संघीय सरकारबाट प्राप्त हुने बजेट र स्थानीय आयबाट प्राप्त हुने बजेटको संयोजन गरेका छौँ । स्थानीय माग र आवश्यकता धेरै छन् र सबै क्षेत्रलाई समेटेर बजेट निर्माण गरी सम्बोधन गर्नु चुनौतीपूर्ण अवस्था हो । तथापि उपलब्ध श्रोत र साधनको समुचित बाँडफाँडको लागि विनियोजन दक्षता, कार्यान्वयन कुशलता र वित्तीय अनुशासनको माध्यमबाट आर्थिक तथा सामाजिक पूर्वाधार विकासका क्षेत्रमा श्रोत र साधनलाई केन्द्रित गरिएको छ ।
सभाध्यक्ष ज्यू,
अब म आर्थिक वर्ष २०७९र०८० मा घोषित नीति तथा कार्यक्रमबाट प्राप्त भएको मुख्य–मुख्य उपलब्धिलाई संक्षेपमा राख्न चाहन्छु ।
८ ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रमअन्तर्गत ३४५ जना गर्भवती महिलाहरुलाई यु।एस्।जि। सेवा दिइएको । यसका कारण सबै जिवित तथा स्वस्थ्य बच्चा जन्माउन सफल भएको ।
८ वडा नम्बर १ र ४ मा निशुल्क स्वास्थ्य शिविर सन्चालन गरी ४३५ जना बिरामीलाई उपचार
गरिएको । त्यस क्रममा केहिलाई आवश्यक उपचारको लागि अस्पतालमा सिफारिस गरी पठाएको ।
८ स्वास्थ्य सस्थाहरुवाट १३ वटा रोगविरुद्ध नियमित खोप कार्यक्रममार्फत् १५ महिना मुनिका बालवालिकाहरुलाई खोप प्रदान गरिएको ।
८ ५ वर्ष माथिका नागरिकलाईह कोभिड १९ विरुद्ध पहिलो, दोस्रो र वुष्टर डोज गरी १२९०० जनालाई खोप सेवा प्रदान गरिएको ।
८ १५ शैयाको माईजोगमाई आधारभूत अस्पतान संचालन गरि ल्याव सेवा, भ्ऋन् सेवा, ग्क्न् सेवा, एक्सरे सेवा नियमित संचालन तथा नियमित मेडिकल अधिकृतबाट उपचार सेवा संचालनमा
गरिएको ।
८ नियमित खोप सेवालाई व्यवस्थापन गर्न र भ्याक्सिन भन्डारण गर्न क्ष्ीच् फ्रिज खरिद गरी खोप सेवालाई ब्यवस्थापन गरिएको ।
८ महिला स्वयम्सेविका कार्यक्रमलाई प्रभावकारी बनाउन महिला स्वयं सेविकाहरुको मनोबल उच्च राख्नको लागि रेनकोट खरिद गरी वितरण गरिएको तथा मासिक यातायात खर्च रु १००० को दरले वितरण गरिएको ।
८ माईजोगमाई गाउँपालिकाअन्तर्गतका बर्थिङ सेन्टरहरुले प्रदान गर्दै गरेको सेवाहरुमा उत्साहजनक प्रगति हासिल गरिएको ।
८ स्थानीय स्वास्थ्य सस्थाका निर्सिङ कर्मचारीहरुबाट महिलाहरुमा हुन सक्ने सर्भिकल क्यान्सर पाठेघरको जाँच ख्क्ष्ब् क्याम्प संचालन गरि १८२ जनालाई सेवा प्रदान गरिएको ।
८ विभिन्न विद्यालयका भवनहरु निर्माण भएका छन् ।
८ शिक्षाकहरुलाई प्रविधिमैत्री बनाउनका लागि इमिस तथा कम्प्यूटर तालिम प्रदान गरिएको ।
८ विद्यार्थीहरुलाई अतिरिक्त क्षमता अभिवृद्धि गर्नका लागि तहगत रुपमा अतिरितक्त क्रियाकलाप सञ्चालन गरिएको ।
८ १५ वटा माध्यमिक विद्यालयको मर्मत सम्भार गरिएको ।
८ शैक्षिक क्यालेण्डर निर्माण गरी शैक्षिक गतिविधिमा एकरुपता कायम गरिएको ।
८ शैक्षिक गुणस्तरका लागि सामूहिक सुपरिवेक्षण भन्ने मूल उद्देश्यका साथ ६ वटा सामुदायिक विद्यालयमा सामूहिक सुपरिवेक्षण गरिएको ।
८ सिलाई कटाईमा ६५ जना गरि जम्मा ८५ जना व्यक्तिहरुले तालिम प्राप्त भै नयाँ लघु उद्यमी श्रृजना भएका छन् ।
८ बालमैत्री स्थानीय शासन गाउँ समिति र वडा समिति गठन भइसकेको छ । गाउँपालिकालाई २०८१ बैशाख मसान्तसम्म बालमैत्री गाउँपालिका घोषाणा गर्ने प्रतिवद्दता गरिएको छ ।
८ कृषितर्फ विभिन्न सहूह सहकारीमा आवद्द कृषाकहरुलाइ ७ एच्। पी। को ६ वटा र ९ एच्। पी। को १० वटा हातेट्याक्टर बितरण गरिएको छ ।
८ बाली विषेश अनुदान कार्यक्रमअन्तर्गत बेमौसमी तरकारी खेती, चिया, कफी खेती, अलैची खेती कार्यक्रम सम्पन्न गरिएको ।
८ ३ जना बैदेशिक रोजगारबाट फर्किएको युवाहरुलाई कृषी प्रवत्सान अनुदान दिइएको ।
८ किवी, ब्लु बेरी, मेकाडेमिया नट, अन्जिरको बिरुवा वितरण गरिएको ।
८ तरकारी तथा किवि खेतीसम्बन्धी ४० जना कृषकलाई तालिम दिई दक्ष बनाइएको ।
८ प्रदेश तथा संघिय सरकारबाट प्राप्त कृषि अनुदान सम्बन्धित कृषकहरुलाई वितरण गरिएको ।
८ जंगली जनावरबाट कृषि प्रणालीमा हुने क्षति न्यूनीकरणको लागि सकोकारवाला तथा कृषकमाझ अन्तरक्रिया गरी समाधानको उपायबारे कृषकलाई जानकारी गराइएको ।
८ फौजीकिरा नियन्त्रण गर्न कृषकहरुलाई बिषादी बितरण गरिएको ।
८ ठेक्का प्रक्रियामार्फत् विभिन्न सडकहरुमा ८३०० घनमीटर सोलिङ, ४८०० घनमीटर ग्राभेल गरिएको
८ विभिन्न समितिमार्फत् ३००० घन मीटर सोलिङको कार्य सम्पन्न गरिएको ।
८ क्रमागत योजनातर्फ ३००० घनमीटर सोलिङ कार्य सम्पन्न गरिएको ।
८ माइजोगमाई गाउँपालिकाको पुराने हस्पिटललाई भत्काई पुनः निर्माण गरिएको ।
८ गाउँपालिकाभित्रका १५ वटा मन्दिरहरु निर्माण गरिएको ।
८ विभिन्न वडामा ६ वटा गुम्बा निर्माण गरिएको ।
सभाध्यक्ष ज्यू,
आगामी अ।ब। २०८०र०८१ का लागि नीति तथा कार्यक्रमले तय गरेका कार्यक्रमहरुलाई पूरा गर्नका लागि बजेट बिवरण प्रस्तुत गर्न चाहन्छु ।
सभाध्यक्ष ज्यू
आगामी आ। व। २०८०र८१ को नीति, कार्यक्रम तथा बजेटको सोच, लक्ष्य र प्राथमिकता तथा वार्षिक बजेट तयार गर्दा अपनाइएका आधारहरूको बारेमा उल्लेख गर्न चाहन्छु ः
१। सोचः “समृद्ध गाउँपालिका र सुखी जनता”
२। लक्ष्यः नेपालको संविधान र स्थानीय सरकार सन्चालन ऐनको मर्मअनुरूप स्थानीय नागरिकलाई श्रोत, साधन र अधिकार सम्पन्न बनाई नागरिकले शासन गरेको अनुभूत हुने गरि सेवा प्रवाहमा गुणात्मक सुधार गरि नमूना गाउँपालिका बनाउने ।
३। उद्वेश्य तथा प्राथमिकताः
९क० दिगो विकासका लक्ष्य हासिल गर्न सामाजिक आर्थिक पूर्वाधारका कार्यक्रममा लगानी गर्ने,
९ख० विकासका सबै पक्षधरसँगको समन्वयात्मक सहकार्यबाट समृद्ध गाउँपालिका र सुखी जनताको मूल नारालाई साकार पार्न सहकार्य गर्ने,
९ग० स्थानीय सरकारको रूपमा स्थापित गर्न नागरिकलाई प्रदान गरिने सबै प्रकारका सेवाहरू विना झन्झट सहज र सरल रूपमा प्रवाहको व्यवस्था मिलाउने,
९घ० सुशासनका सबै मापदण्डहरूलाई पालना गर्दै सबैभन्दा नजिकको स्थानीय सरकारको रूपमा रहेको अनुभूती दिने ।
बजेटका उद्देश्यहरू हासिल गर्न देहाय बमोजिम प्राथमिकता निर्धारण गरेको छुुः
९क० कृषी क्षेत्रको विकासमार्फत् उत्पादनशील रोजगारी सृजना गर्नका लागि संघ, प्रदेश, निजी क्षेत्र, गैर सरकारी क्षेत्र र सहकारी क्षेत्रसँगको साझेदारीमा जोड दिने ।
९ख० सबै प्रकारका विभेद अन्त्य, असमानता न्यूनीकरण र सामाजिक न्यायका मान्य सिद्धान्तका आधारमा विकासका प्रतिफलमा न्यायपूर्ण पहुँच वृद्धि गर्ने ।
९ग० लैङ्गिक, अल्पसङ्ख्यकहरूलाई स्वरोजगार बनाउनका लागि उनीहरूको सीप तथा दक्षतामा अभिवृद्धि गर्ने ।
९घ० गाउँपालिकाको सेवा प्रवाहलाई आधुनिक प्रविधिमैत्री बनाई सेवा प्रवाहमा सबै नागरिकको सहज पहँुच, गुणस्तरीय सेवा प्रवाह, विकासप्रति नागरिकको अपनत्व ग्रहण र उत्तरदायी एवम् सुशासनको प्रत्याभूती गराउने ।
गाउँपालिकाले वार्षिक योजना तथा बजेट तर्जुमा र कार्यान्वयन गर्दा निम्न विषयहरूलाई आधार लिइएको छः
९क० नेपालको संविधान, २०७२
९ख० स्थानीय सरकार सञ्चालन ऐन, २०७४
९ग० पन्ध्रौँ योजना
९घ० सघीय सरकार र प्रदेश सरकारको आ।व। २०७९÷०८० को नीति कार्यक्रम तथा बजेट
९ङ० अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४
९च० स्थानीय तहको बार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७४ ९परिमार्जित०
९छ० माइजोगमाई गाउँपालिकाको आवधिक विकास योजना
९ज० नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त मार्गदर्शन
९झ० नेपाल सरकारले अन्तर्राष्ट्रिय मन्चमा प्रतिवद्धता गरेका दिगो विकासका लक्ष्यहरू
९ञ० राजश्व परामर्श समितिको प्रतिवेदन
९ट० बजेट सीमा निर्धारण समितिको निर्णय
९ठ० बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठकको निर्णय
९ड० कार्यपालिका बैठकको निर्णय
९ड० गाउँसभा बैठकले पारित गरेको नीति तथा कायर्यक्रम
सभाध्यक्ष ज्यूू
अब म यस सभासमक्ष आगामी आ।व। २०८०र०८१ को लागि राजश्व र व्ययको अनुमान
९बजेट० पेश गर्ने अनुमती चाहन्छुुः
जनस्वास्थ्यतर्फ
१। हालसम्म कोभिड १९ नियन्त्रण भइ नसकेको हुँदा नेपाल सरकारबाट उपलब्ध गराइएको खोपहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि आवश्यक व्यवस्थापन गर्दै लगिने छ । सङ्घीय सरकार, प्रदेश सरकारसँग निरन्तर समन्वय गरी कोभिड नियन्त्रमा उच्च प्राथमिकता राखी कार्य गरिने छ ।
२। १५ वेडको माइजोगर्मा आधारभूत अस्पतालको ठेक्का व्यवस्थापन भै सकेको हुँदा तोकिएको समयभित्र नै उक्त भवनको निर्माण कार्य सम्पन्न गर्नका लागि पहल गरिने छ । त्यसका लागि सरोकारवाला सबैको साथ र सहयोगको अपेक्षा लिएको छुु ।
३। नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हकअन्तरगत नागरिकले प्राप्त गर्ने निशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सबै वडाहरूमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भै सकेको हुँदा सबै वडा स्वास्थ्य केन्द्रबाट नै नेपाल सरकारबाट प्राप्त हुने निशुल्क औषधीहरू वितरणको कार्यलाई निरन्तरता दिने व्यवस्था मिलाएको छुु । ४ नं। वडाको आधारभूत स्वस्थ्य केन्द्रको भवन निर्माणको गर्नका लागि सङ्घीय सरकारसँग बजेट माग गरिने छ ।
४। विद्यार्थी स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत ८ वटा माध्यमिक विद्यालयमा विद्यालय स्क्रिनिङ्ग कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक बजेट बिनियोजन गरिएको छ ।
५। समुदायमा मुटु, मृगौला, चिनी रोगसम्बन्धी स्वास्थ्य जाँच तथा नसर्ने रोगहरूसम्बन्धी स्वास्थ्य शिविर सन्चालन सन्चालन गरिने व्यवस्थाको लागि आवश्यक बजेट व्यवस्था गरेको छुु । क्यान्सर, मुटु, मृगौलाको शल्यक्रियाजस्ता कडा रोग लागि उपचार गर्न नसक्ने अवस्था भएका अति विपन्न परिवारलाई यकिन गरि औषधी उपचारमा आवश्यक सहयोगको व्यवस्था मिलाईने छ ।
६। गर्भवती जाँच तथा प्रसुती सेवा प्रवद्र्धन कार्यक्रमअन्तगर्तत हरेक गर्भवती महिलाहरूलाई क्याल्सियम ट्याब्लेट र आइरन चक्की बितरण कार्यलाई प्रवाकारी बनाइने छ । यसबाट आमा र बच्चाहरूको स्वास्थ्य मजबुत गर्न सहयोग पुगी दीगो विकासको सूचकमा सहयोग पुुग्ने विश्वास लिएको छुु ।
७। सुरक्षित रूपमा प्रसुती गराउनका लागि सूचीकृत स्वस्थ्य संस्थामा प्रसुती सेवा लिएमा प्रतिमहिला रु। १०००। का दरेल प्रोत्साहन रकम उपलब्ध गराउनका लागि आवश्क बजेट बिनियोजन गरेको छु ।
८। ग्रामीण भेगमा अल्ट्रा साउण्ड कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक बजेट बिनियोजन गरिएको छ ।
९। महिला स्वास्थ्य स्वयमसेवीकाहरूको वृत्ती विकासको लागि स्वयमसेवीका कोषमा आवश्यक बजेटको व्यवस्था मिलाएको छुु । उनीहरूलाई काम प्रति जिम्मेवार बनाउन एवं उत्प्ररेति गर्न पुुरस्कृत गर्ने व्यवस्था मिलाएको छुुु ।
१०। माइजोगमाई नगर अस्पतालबाट स्वस्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट बिनियोजन गरेको छु । यस कार्यक्रमबाट गाउँपालिकाका नागरिकले सहज रूपमा सेवा पाउने कुरामा विश्वास लिइएको छ ।
११। सुत्केरी प्रोत्साहन कार्यक्रमअन्तरगत गाउँपालिकाअन्तर्गतका स्वस्थ्य संस्थामा प्रसुती गराउने महिलालाई रु। ३००० र स्वास्थ्य प्रोटोकलअनुसार स्वास्थ्य केन्द्रमा ८ पटक चेक जाँच गर्न आउने गर्भवती महिलाहरूलाई प्रदान गर्दै आएको रु। ८०० भत्तालाई निरन्तरता दिएको छुु ।
गाउँपालिकामार्फत् स्वास्थ्यतर्फ रु। ४५,००,००० ९पैतालिस लाख० बजेट विनियोजित गरेको छु ।
सशर्तमा प्राप्त बजेट रु ३,२३,२४,००० ९तीन करोड तेइस लाख चौबीस हजार० गरि जम्मा ३,६८,२४,०००। ९तीन करोड अड्सठी लाख चौबीस हजार० बजेट विनियोजित गरिएको छ ।
शिक्षा, युुवा तथा खेलकुुदतर्फ
१२। प्रारम्भिक बाल विकास केन्द्र र विद्यालयका कर्मचारीहरूलाई सङ्घीय सरकारले उपलब्ध गराउने पारिश्रमिक रकममा रु। १६ हजारमा नपुुग हुन आउने रकम गाउँपालिकाबाट नै भुक्तानी दिने व्यवस्थालाई निरन्तरता दिने कार्यक्रमलाई निरन्तरता दिएको छु ।
१३। प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरूमा अतिरिक्त क्रियाकलापमा सहभागी गराई पठनपाठनमा सहयोग गर्ने उद्देश्यले मार्वल रनिङ प्रतियोगिता गराउन, आधारभूत तहका विद्यार्थिहरुका लागि गणितीय खेल प्रतियोगिता र माध्यमिक तहका विद्यार्थीहरुका लागि हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्नका लागि आवश्यक बजेट बिनियोजन गरिएको छ ।
१४। शैक्षिक सुधारअन्तर्गत पालिकाभित्रका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम बनाई पढाईमा एकरूपता ल्याउनका लागि एक कार्यदल गठन गरि स्थानीय पाठ्यक्रम निर्माणको कार्यलाई अगाडि बढाइने छ । यसको लागि आवश्यक व्यवस्था मिलाएको छुु ।
१५। राष्ट्रपती रनिङ शील्ड प्रतियोगितालाई उत्सवको रूपमा सन्चालन गर्नका लागि आवश्यक बजेटको व्यवस्था मिलाएको छुु । यसबाट विद्यालय तहबाट नै विभिन्न विधामा प्रतिभा पहिचान गर्न सहयोग पुुग्ने विश्वास लिएको छुुु ।
१६। युवाहरूलाई खेलकुदमा आकर्षित गरि सर्वाङ्गीण विकासको लागि अध्यक्ष कप फूटबल प्रतियोगिता सन्चालनको लागि आवश्यक व्यवस्था मिलाएको छुु । यसबाट स्थानीयस्तरमा खेलाडी उत्पादनको लागि आवश्यक सहयोग पुुग्ने विश्वास लिएको छुु ।
१७। सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि शिक्षक र अभिभावकबीचमा अन्तक्रिया सञ्चालन गर्नका लागि आवश्यक बजेट बिनियोजन गरिएको छ । यसले गर्दा विशेष गरी सामुदायिक विद्यालयमा पठनपाठन, व्यवस्थापनमा सुधार हुने विश्वार लिएको छु ।
१८। बालविकास केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालन गरी बालबालिकाको शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागि अभ्यास पुस्तिका तयार गरी लागू गर्न आवश्यक बजेट बिनियोजन गरिएको छ ।
१९। प्राथमिक तहमा अङ्ग्रेजी र गणित विषयको शिक्षण सिकाईलाई समसामयिक र प्रभावकारी बनाउनका लागि आवासिय कार्यशाला गोष्ठी सञ्चालन गरिने छ । उक्त कार्यका लागि आवश्यक बजेट बिनियोजन गरिएको छ ।
२०। गाउँपालिकाबाट शिक्षातर्फ रु। ४०,००,०००। ९ चालिस लाख० बजेट विनियोजन गरेको छु । सशर्तको बजेट रु। १४,४४,००,००० ९चौध करोड चवालिस लाख० गरि जम्मा रु। १४,८४,००,०००। ९चौध करोड चौरासी लाख० बजेट हुुन आउने छ ।
खानेपानी तथा सरसफाईतर्फः
२१। वडा नं। ६ का वडाबासीहरुलाई शुद्ध पिउने पानी बितरण गर्नका लागि विशेष अनुदानतर्फ फलाटे खानेपानी आयोजनासञ्चालन गर्नका लागि रु। ९३ लाख बजेट बिनियोन गरिएको छ ।
२२। शुद्ध खानेपानीको धाराबाट बन्चित भएका अति विपन्न परिवारहरूलाई यकिन गरि विपन्न नागरिकलाई खानेपानी व्यवस्था गर्नका लागि खानेपानीको मुहान संरक्षणमा आवश्यक बजेट बिनियोजन गरेको छु ।
लैंगिक समानता तथा सामाजिक समावेशीकरण
९महिला, बालबालिका, जेष्ठ नागरिक, आदिवासी जनजाती, अपाङ्ग, दलितलगायत एवम् समावेशीकरण०
२३। युवाहरूलाई सपमुलक व्यवसायमा आवद्ध गर्नका लागि मोबाइल मर्मत गर्ने, वाइरिङ्गलगायतका तालिम सञ्चालन गर्नका लागि आवश्यक बजेट बिनियोजन गरेको छु । यसबाट जिविकोपार्जन गर्नका लागि विदेश गइरहनु पर्ने अवस्थामा कमी आउने विश्वास लिइएको छ ।
२४। लक्षित वर्गतर्फका कार्यक्रमहरु सञ्चालन गर्नका लागि कार्यविधि तयार गरी सोही वमोजिमा लक्षित वर्गहरुको समिति गठन गरी आवश्यकताका आधारमा कार्यक्रमहरु सञ्चालन गर्दै लगिने छ ।
२५। २०८१ बैशाख मसान्तभित्रमा गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने प्रतिवद्धता जाहेर गरिएको हुँदा सो कार्यका लागि आवश्यक बजेट बिनियोजन गरेको छु ।
महिला तथा बालबालिका र लक्षित वर्गतर्फ रु। ७०,००,०००। ९सत्तरी लाख० बजेट विनियोजन गरेको छुु ।
कृषी विकासतर्फः
२६। बालि संरक्षण कार्यक्रमअन्तर्गत कृषकहरुले लगाएतका अन्नबालीमा अकस्मिक रुपमा आइ पर्ने फौजीकिरालगायतको क्षतिलाई कम गर्नका लागि आकस्मिक बाली संरक्षण कार्यक्रमअन्तर्गत आवश्यक बजेट बिनियोजन गरिएको छ ।
२७। कृषी कार्यलाई आधुनिकीकरणतर्फ लैजानका लागि ५० प्रतिशत अनुदानमा कृषकहरुलाई हाते ट्याक्टर बितरण गर्नका लगि रु। ९००,०००। बजेट बिनियोजन गरिएको छ ।
२८। माटोको उर्वराशक्तिलाई कायम राखी कृषी उत्पादनमा जोड दिनका लागि वडा वडामा माटो परीक्षण शिविर सञ्चालन गर्नका लागि आवश्यक बजेट बिनियोजन गरिएको छ ।
२९। सबै कृषकहरूलाई किसान कार्ड वितरण गरिनेछ । यसबाट सबै किसानहरू पालिकामा सूचिकरण हुने विश्वास लिएको छु । पलिाकाबाट वितरण हुने कृषी अनुदान वास्तविक कृषकले प्राप्त गर्न यो कार्ड उपयोगी हुने छ । यसबाट किसानका सबै प्रकारका सूचना, तथ्यांक संकलन र वर्गीकरण गर्न सहजता हुने विश्वास लिएको छुु । यसको लागि आवश्यक बजेट विनियोजन गरेको छुु ।
३०। गाउँपालिका क्षेत्रभित्र रहेका रैथाने बालीहरुलाई संरक्षण गर्नका लागि कृषक, कृषी सहकारीसँग समन्वय गरेर कार्यक्रमहरु सञ्चालन गरिने छ । लोपोन्मुख अवस्थामा रहेका त्यस्ता बालीहरुलाई संरक्षण गर्नका लागि उक्त बालीको बीउ बीजनका मिनि पकेट बितरण गर्नका लागि आवश्यक बजेट बिनियोजन गरिएको छ ।
३१। पकेट विकास कार्यक्रम अन्तरगत किवि बाली पकेट कार्यक्रमलाई निरन्तरता दिएको छु । उक्त कार्यक्रमका लागि रु। ६००,०००। बजेट बिनियोजन गरेको छु ।
३२। बागबानी विकास कार्यक्रमअन्तर्गत विभिन्न प्रजातीका फलफुलका बिरुवाहरु खरिद गरी बितरण गर्नका लागि आवशयक बजेट बिनियोजन गरेको छु ।
३३। कृषीतर्फ जम्मा ४०,००,०००। ९चालीस लाख० बजेट बिनियोजन गरेको छुु । सशर्ततर्फ प्राप्त रु। ९४९,०००। ९नौला उनन्चास हजार० गरि जम्मा ४९,४९,०००। ९उनन्चास लाख उनन्चास हजार० बजेट गरिएको छ ।
पशु सेवातर्फः
३४। गाउँपालिका क्षेत्रभित्रका पशुपालक कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा चाफकटर खरिद गरी बितरण गरिने छ । कृषकहरुबाट २५ प्रतिशत लागत साझेदारीमा चाफ कटर मेसिन खरिद गर िबितरण गर्नका लागि रु। ७००,०००। बजेट बिनियोजन गरिएको छ ।
३५। उन्नत जातका गाइ र भैसी पालन गरेका कृषकहरुलाई ६० प्रतिशतअनुदानमा गोठसुधार कार्यक्रम सञ्चालन गरिने छ । यसका लागि १० लाख बजेट बिनियोजन गरिएको छ । यस कार्यक्रमबाट उन्नत जातको पशुहरूको उत्पादन हुनेमा विश्वास लिइएको छ ।
३६। कृत्रिम गर्भाधान सेवा सन्चालनको लागि आवश्यक पर्ने माइनर उपकरण तथा तरल नाइट्रोजन खरिदको लागि आवश्यक बजेट विनियोजन गरेको छुु ।
३७। ७५ प्रतिशत अनुदानमा व्यवसायिक पशुपालक कृषकहरुलाई आवश्यक सामाग्री खरिद गरी बितरण गर्नका लागि रु। ३००,०००। बजेट बिनियोजन गरिएको छ ।
३८। सङ्घीय सरकारको सहयोगमा आधारभूत प्रयोगशाला कार्यक्रम सञ्चालन गरिने छ जसका लागि रु। ६३८,०००। बजेट बिनियोजन गरिएको छ ।
३९। पशु सेवातर्फ जम्मा ३०,००,०००। ९तीस लाख० बजेट बिनियोजन गरेको छुु । सशर्ततर्फ प्राप्त रु। ९००,०००। ९नौ लाख० गरि जम्मा ३९,००,०००। ९उनन्चालीस लाख० बजेट कायम भएको छ ।
पर्यटनतर्फः
४०। यस गाउँपालिका क्षेत्रभित्र रहेको पर्यटकीय क्षेत्रहरुको पहिचान गरी विकास गर्नका लागि पर्यटन गुरु योजाना तर्जुमा गरिने छ । सोही गुरु योजनको आधारमा पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन सम्बन्धी गतिविधिहरु सञ्चालन गरिने छ ।
४१। गाउँपालिकाका ६ वटै वडाहरूमा स्थापित मठ, मन्दिर, गुम्बा, चर्च, मस्जिद, महाराजथान, ग्रामथान लगायत धार्मिक तथा सांस्कृतिक आस्थाका धरोहरहरूको संरक्षण, सम्वर्धन र सञ्चालनमा आवश्यक सहयोग गर्ने व्यवस्था मिलाएको छुु ।
प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फ
४२। प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिता अभिबृद्धि गर्न रोजगार सेवा केन्द्रको सुदृढिकरणको व्यवस्था मिलाएको छुु । सशर्त बजेटको परिधि भित्र रहि नेपाल सरकारले तोकेको न्यूनतम १०० दिनसम्मको रोजगारी उपलब्ध गराउन श्रमिकहरूको परिचालनको व्यवस्था मिलाउने व्यवस्था मिलाएको छुु । प्रधानमन्त्री रोजगार कार्यक्रम सन्चालनको लागि आवश्यक पर्ने औजार खरिद र ज्याला व्यवस्थापनको लागि आवश्यक बजेटको व्यवस्था मिलाएको छुु ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तरगत सशर्त अनुुदानतर्फ रु। ७१,७६,०००। ९एकत्तहर लाख छयहत्तर हजार० बजेट बिनियोजन गरिएको छ ।
लघु उद्यम विकास कार्यक्रमतर्फः
४३। सशर्त बजेटको परिधिभित्र लघुु उद्यम विकास कार्यक्रम सन्चालन हुुन बाँकी रहेका वडाहरूमा कार्यक्रम सन्चालनको व्यवस्था मिलाएको छुु । आगामि आ।व।२०८०÷०८१ मा नयाँ उद्यमी श्रृजना गर्ने व्यवस्था मिलाएको छुु । साथै उद्यमी स्तरोन्नतीको समेत कार्यक्रम सन्चालनको व्यवस्था मिलाएको छुु ।
सडक, खानेपानी, भवन, मठमन्दिरतर्फः
४४। राष्ट्रिय योजना आयोगसँगको समपुरक कार्यक्रमअन्तर्गत माइखोला रुलुक प्याङ मा।वि। पञ्चमी गुम्बा डाँडा थुम्के सडकको निर्माण कार्य अगाडी बढानका लागि व्यवस्था मिलाएको छुु । डि।पि।आर।बन्न बाँकी सडकहरूको डि।पि।आर्। तयार गर्ने व्यवस्था मिलाएको छुु ।
४५। आगामि आ।व।०८०र०८१ मा देहायका सडकहरू स्तरउन्नती गर्नका लागि ठेक्का बन्दोबस्त हुने गरि बजेट विनियोजन गरेको छुु । उल्लेखित सडकहरूलाई भाद्र मसान्तभित्र ठेक्का लाग्ने व्यवस्था मिलाएको छुुः
८ नयाँबजार–पञ्चमी इङ्ला सडक स्तरोन्नती, वडा नं। १, ६
८ नयाँबजार थुम्के जौबारी तुम्लिङ्ग मेग्मा पर्यटकीय सडक स्तरउन्नती, वडा नं। १, २ र ६
८ सार्वजनिक शौचालय, काजीभीर २ नं। वडा कार्यालय जाने सडक मर्मत, वडा नं। १ र २
८ आरुबोटे प्रेमेजुङ्ग माङचोक घुमाउने हात्तीटार इ।न।पा। सडक स्तरोन्नती, वडा नं। १, ३ र ४
८ नयाँबजार चित्रे नामसालिङ्ग सडक स्तरोन्न्ती, वडा नं। ३
८ बुद्ध गोलाई थरी गाउँ सापकोटा गाउँ सडक मर्मत, वडा नं। ५
८ जोरखर्क मलुमझुवा मोटरबाटो सतरउन्नती, वडा नं। १
८ गुप्ती–बलढ्याङ्ग्रे सडक स्तरोन्नती, वडा नं। १
८ नवनिर्मित अस्पतालको भवनमा जाने सडक निर्माण, वडा नं। १
८ रिखाम खोल्सी पिङ्ग गोलाई हुँदै अर्चले पुल सडक मर्मत, वडा नं। ५
८ मानेडाँडा आसबीर गोलाई खड्का गाउँ जाने सडक, वडा नं। ६
८ मुल सडक लप्सीबोटेबाट गुरुङ्ग गाउँ सङ्खाबुङ्ग हुँदै जोगमाई जाने सडक, वडा नं। १
८ चित्रेडाँडा हुँदै गोपीनी डाँडा साततले झरना जाने सडक मर्मत, वडा नं। ३
८ नासपाति चोक धारेडाँडा सिस्ने झोलुङ्गे पुल सडक मर्मत, वडा नं। ४
८ तीनकुने थापा डाँडा नासालिङ्ग सडक मर्मत, वडा नं। ५
८ रुलुक ज्यामिरे दोबाटेदेखि पञ्चमी वडा भवन जोड्ने सडक, वडा नं। ६
८ छिपचिपे महादेव थान बिज्जे सडक स्तरउनन्नी, वडा नं। २
४६। आगामि आ।व।२०८०र०८१ मा देहायका खानेपानी, गुम्बा,मठमन्दिर, देवालय तथा भवन निर्माणका लागि आवश्यक बजेटको मिलाएको व्यवस्था मिलाएको छुुः
८ गाउँपालिकाभित्रका ५ स्थानमा गाउँघर क्लिनिक निर्माण
८ अमर कल्याण मा।वि। सभाहल मर्मत, वडा नं। १
८ चित्रे गुम्बा निर्माण, वडा नं। ३
८ पञ्चमी बजार व्यवस्थापन तथा टहर निर्माण, वडा नं। ६
८ गाउँपालिका क्षेत्रभित्र विद्युत व्यवस्थापन
८ शिवालय मन्दिर मर्मत, वडा नं। १
८ माइबेनी शिवालय मन्दिर मर्मत, वडा नं। ४
८ सान्छोलिङ्ग गुम्बा मर्मत, वडा नं। १
८ खोल्मे चर्च मर्मत, वडा नं। २
८ साघुबेशी घाट निर्माण वडा नं। १
८ देवेश्वर मण्डल बेकुण्ठ धाम कालीओडार संरक्षण, वडा नं। ४
८ सिंहदेवी देवीथान मर्मत, वडा नं। ५
८ प्याङ्ग गुम्बा मर्मत, वडा नं। ६
८ सन्देश सामुदायिक भवन मर्मत, वडा नं। ५
८ नामसालिङ्ग युवा माङ्गहिम, वडा नं। ४
८ वडा कार्यालय तथा स्वस्थ्य संस्थामा खानेपानी व्यवस्थापन, वडा नं। २
८ सोयाङ्ग खोला ग्रामीण खानेपानी तथा सरसफाई वडा नं। ४
८ बाहुनटोल ट्रान्समिटर तल्लो शनिश्चरे ढल निर्माण, वडा नंं। २
८ गैरी गाउँ खानेपानी मर्मत, वडा नं। २
८ शारदा आ।वि। घुमाउने भवन मर्मत, वडा नं। ४
४७। पूर्वाधार विकासका लागि सशर्तसहित ९,००,००,०००।– ९नौ करोड० बजेट बिनियोजन गरिएको छ ।
वस्ती विकास तथा सहरी योजना
४८। भू–वर्गीकरणको कार्य सम्पन्न भइ सकेको हुँदा सोही आधारमा गाउँपालिकाको आफ्नै भूउपयोग योजना तयार गरी सोहीअनुसार विकास निर्माण कार्य सञ्चालन गर्नका लागि आवश्यक बजेट बिनियोजन गरेको छु ।
४९। गाउँपालिका क्षेत्रभित्र निर्माण भएको तथा निर्माण हुने भवनलगायतका संरचनाहरुलाई अद्यावधिक तथा नक्सा पास प्रक्रियालाई व्यवस्थित गर्नका लागि नेपाल सरकारद्वारा जारी बस्ती विकास, शहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्डलाई कडाइका साथ लागू गरिनेछ ।
५०। टोल बिकास संसथा ९गठन तथा परिचालन० कार्यविधि वमाजिम सबै वडामा टोल विकास संस्था गठन गरी सक्रिय रुपमा परिचालन गरिने छ ।
संस्थागत विकास तथा सुशासन
५१। तोकिएको कार्य सम्पादन नगर्ने कर्मचारीलाई दण्डित गर्ने र राम्रो कार्य सम्पादन गर्ने कर्मचारीलाई पुुरस्कार र सम्मान गर्ने व्यवस्था मिलाएको छुु । प्रत्येक वर्ष १ जना उत्कृट कर्मचारी पुरस्कार र ४ जनालाई कर्मचारी पुुरस्कार गर्ने व्यवस्था मिलाएको छुु । उत्कृष्ट हुुने कर्मचारीलाई सम्मान पत्र सहित नगर रु। २० ९बीस हजार० र कर्मचारी पुुरस्कार तर्फ सम्मान पत्र सहित रु। १०००० ९दश हजार० दिने संस्थागत व्यवस्था मिलाएको छुु ।
५२। सबै वडा कार्यालयहरूमा सि।सि। क्यामरा जडानको लागि बजेट व्यवस्था गरेको छुु । यसबाट कार्यालयको सुुरक्षामा सहयोग पुुग्ने विश्वास राखेको छुु ।
५३। स्थानीय सरकारको सबै जनप्रतिनिधीहरूको डिजिटल प्रोफायल निर्माणको लागि आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।
५४। महालेखा परीक्षककको कार्यालयबाट भएको आर्थिक वर्ष २०७८÷०७९ तर्फको लेखा परीक्षण प्रतिवेदनले औंल्याइएको बेरुजुुहरूलाई यकिन गरि तोकिएको समयमा बेरुजुु फछ्र्यौटको व्यवस्था मिलाईने छ । वित्तीय सुशासन र पारदर्शीता कायम हुने गरि मात्र खर्च गर्ने व्यवस्थालाई कडाईका साथ पालना गरिने छ ।
५५। आन्तरिक आय श्रोतको वृद्धि स्थानीय तहको समृद्धि भएकोले आन्तरिक कर प्रशासनलाई चुस्त दुरुस्त र पारदर्शी बनाईने छ । प्रविधिको उपयोग गरि जुनसुुकै स्थानबाट समेत अनलाईन कर तिर्ने प्रक्रिया सुरु भइसकेको हुँदा सोको प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ । ऋयललभअत क्ष्एक्, एजयल एबथ जस्ता म्ष्नष्तब िएबथmभलत एबितायचm को उपयोग गरी विद्युुतीय भुुक्तानीको व्यवस्था मिलाइने छ ।
५६। घरवहाल कर प्रभावकारी रूपमा संकलन हुन नसकेको हुँदा घर वहाल कर संकलन कार्यविधि अनुसार स्व घोषणाको माध्यमबाट कर दाखिला गर्न आह्वान गरिनेछ । साथै घर वहाल कर संकलनको लागि स्थलगत रूपमा टोली खटाइने छ । सम्बन्धित घरधनीहरूबाट नियमानुसार व्यक्तिगत तर्फ ५ प्रतिशत र संस्थागत तर्फ १० प्रतिशत घरवहाल कर दाखिला गर्ने व्यवस्थालाई प्रभावकारी रूपमा सञ्चालन गरिनेछ ।
५७। गाउँपालिका क्षेत्रमा रहेका व्यवसायहरूलाई दर्ता, नविकरण, वर्गीकरण, खारेजी दण्ड जरिवानालाई कानूनद्धारा नै एकरूपता ल्याउने गरि व्यवसाय कर सम्बन्धी कार्यविधि तयार गरी सोहि कार्यविधिका आधारमा व्यवसाय कर असुली र व्यवस्थापन गर्ने व्यवस्था मिलाइनेछ । व्यवसाय गर्ने सबै व्यवसायीहरूलाई अनिवार्य रूपमा दर्ता र समयमै नविकरण गर्न सूचना प्रवाह गरिनेछ आवश्यकता अनुसार करदाता शिक्षा, बजार अनुगमनजस्ता कार्यलाई उद्योग वाणिज्य संघ, बजार व्यवस्थापन समिति र टोल विकास समितिहरूको सहकार्यमा अगाडि बढाईने छ ।
५८। सुशासन र सूचनाको हकलाई प्रत्याभूत गर्दै गाउँपालिका मार्फत् सञ्चालन गरिने ३ लाखभन्दा माथिका हरेक आयोजनाको कार्य विवरण खुल्ने गरि आयोजना सूचना पाटी आयोजनास्थलमा राख्ने कार्यलाई अनिवार्य बनाइनेछ । आयोजना सूचना पाटी नराख्ने उपभोक्ता समिति र निर्माण व्यवसायिको भुक्तानी रोक्का गरिनेछ ।
५९। उपभोक्ता समितिलाई पेश्की दिने कार्य पूर्ण रूपमा बन्देज गरिएकोले सोलाई निरन्तरता दिइनेछ । सेवा प्रवाहमा कर्मचारीलाई कुनै पनि प्रकारको वहाना वा मोलाहिजा गर्न दिइने छैन । नागरिकहरूले तिरेको करलाई उच्च सम्मान गर्दै भ्रष्ट्राचारमा शुन्य शहनशीलता अपनाईने छ ।
६०। सुशासन कायम गर्ने परिधिभित्र रहेका विभिन्न विषयगत समितिलाई सक्रिय, नियमित र चलायमान बनाउँदै समितिको प्रतिवेदन तथा सुझावका आधारमा अगाडि बढ्ने नीति गाउँपालिकाले अवलम्बन गर्ने छ । सूचनाको हकसम्बन्धी कानूनले प्रत्याभूत गरेका विषयहरूलाई गाउँपालिकाले सार्वजनिक गर्ने व्यवस्था मिलाइनेछ ।
६१। गाउँपालिकाको सबै प्रकारका गतिविधीहरू समेटेर चौमासिक रूपमा माइजोगमाई बुलेटिन प्रकाशित गरिनेछ । यसबाट टोल वस्तीस्तरमा समेत गाउँपालिकाको कार्य प्रकृया, गतिविधी, विकासको अवस्था जस्ता विषयमा सूचना प्रवाह हुने विश्वास लिइएको छ ।
६२। गाउँपालिकामा सूचना केन्द्रको स्थापना गरिने छ । उक्त केन्द्रमा पालिकाभित्रका र स्थानीय तहसँग सम्बन्धित सबै प्रकारका सूचनाहरू उपलब्ध हुेन गरि सूचना बैंकको व्यवस्था मिलाईनेछ । वडास्तर र टोल विकास समितिहरूमा समेत विभिन्न सूचनाहरू वडा कार्यालयमार्फत् पुग्ने व्यवस्था मिलाइनेछ ।
६३। गाउँपालिकाको सेवा प्रवाहलाई चुस्त, दुरुस्त, भरपर्दो र व्यवस्थित बनाउनका लागि आफ्नै प्रशासनिक भवनको तला थप गर्नका लागि सम्बन्धित निकायमा बजेट माग गरिरएको छ ।
सभाध्यक्ष ज्यू
उल्लेखित सोच, लक्ष्य, उद्देश्य, प्राथमिकता र क्षेत्रगत नीतिहरू तथा कार्यक्रमहरू पूरा गर्नका लागि अव म आर्थिक वर्ष २०८०र०८१ को बजेट ९आय–व्यय० विवरण प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
कूल आयतर्फ रु। ४७,७५,६१,००० ९सत्चालिस करोड पचहत्तर लाख एकसाठी हजार०
कूल व्ययतर्फ रु। ४७,७५,६१,००० ९सत्चालिस करोड पचहत्तर लाख एकसाठी हजार०
व्ययमध्ये चालु तथा प्रशासनिक खर्च, वडा कार्यालय प्रशासनिक खर्च र विषयगत शाखाहरूको खर्च र पुँजीगत खर्चहरू शिर्षकगत रूपमा देहाय अनुसार प्रस्ताव गरेको छुः
१। चालु तथा प्रशासनिक खर्चतर्फ
गाउँपालिका ः २२,२७,५३,०००।– ९बाइस करोड सत्तायस लाख त्रिपन्न हजार०
९गाउँपालिकातर्फ र शसर्त अनुदानतर्फ०
२। पूँजीगत खर्च तर्फ
९तीस करोड छैसठी लाख एक हजार तीन सय०
जम्मा रु। २५,४८,०८,००० ९पच्चसि करोड अड्चालीस लाख आठ हजार०
विषयगत क्षेत्रतर्फ
९क० आर्थिक विकासतर्फ रु। ८८,४९,०००– ९अठासी लाख उनन्चास हजार०
९ख० सामाजिक विकासतर्फ रु। १९,२२,२४,०००– ९उन्नाइस करोढ बाइस लाख चौबीस हजार०
९ग० पूर्वाधार विकास तथा अन्य कार्यक्रमतर्फ रु। १८,९९,५५,०००।– ९अठार करोड उनान्सय लाख पचपन्न हजार०
९घ० वातावरण तथा विपद व्यवस्थापनतर्फ रु। ३०,००,०००।– ९तीस लाख०
९ङ० संस्थागत, सुशासनसम्बन्धी रु। ८,३५,३३,००० ९आठ करोढ पैँतीस लाख तेत्तीस हजार०
जम्मा रु। ४७,७५,६१,००० ९सत्चालिस करोड पचहत्तर लाख एकसाठी हजार०
सभाध्यक्ष ज्यू,
प्रस्तुुत गरिएको आय व्यय विवरण भएको बजेट कार्यान्वयनका लागि माइजोगमाई गाउँपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक २०८० र स्थानीय सञ्चित कोषमा आय तथा खर्च गर्नका लागी बनेको माइजोगमाई गाउँपालिकाको विनियोजन विधेयक २०८० तथा सो सँग सम्बन्धित विभिन्न अनुसूचिहरू समेत स्वीकृतीको लागि यस गरिमामय सभा समक्ष पेश गरेको छु ।
अन्त्यमा, प्रस्तुत बजेट तथा कार्यक्रम तर्जुमा गर्दा मार्गदर्शन प्रदान गर्नु हुने गाउँपालिका अध्यक्ष ज्यू, विभिन्न विषयगत समितिका संयोजक ज्यूहरू, वडा अध्यक्ष ज्यूहरु, कार्यपालिकाका सम्पूर्ण सदस्य ज्यूहरू, गाउँसभाका सदस्य ज्यूहरु, राजश्व परामर्श समितिका सदस्य ज्यूहरू, राजनैतिक दलका सम्पूर्ण पदाधिकारी ज्यूहरू, सहकारी अभियान्ता ज्यूहरू, निजी क्षेत्रसँग सम्बन्धित सम्पूर्ण व्यत्तित्वहरू, सन्चार जगत, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुखहरूलगायत सम्पूर्ण कर्मचारी साथीहरू साथै आआफ्नो ठाउँबाट आवश्यक सहयोग गर्नु हुने अन्य माइजोगमाईवासी दाजुभाई तथा दिदी बैनीप्रति हार्दिक आभार प्रकट गर्दछु । धन्यवाद ।
प्रबिना राई
उपाध्यक्ष
एवम्
बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक
मिति २०८० असार ०८ गते

TOP