प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

नेपालको इस्कुस निकासीका लागि भारतमा वैधता

  • प्रकाशित मितिः October 11, 2026
  • हाम्रो पालिका
नेपालको इस्कुस निकासीका लागि भारतमा वैधता

फिक्कल: इलामको पशुपतिनगरबाट इस्कुस भारत निकासी हुँने भएको छ । भारतले नेपाली इस्कुसलाई क्वारेन्टाईन लिष्टमा राखे पछि पशुपतिनगर नाका भएर भारत निकासीका लागि बाटो खुलेको हो । भारतीय क्वारेन्टाईन लिष्टमा इस्कुस राख्न सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले मन्त्रालय र दुताबासमा पहल गर्नु भएको थियो । सूर्योदय नगरपालिकाबाट सबै भन्दा धेरै बार्षिक ५० लाख मेट्रिकटन बढी इस्कुस भारत जाने गरेको छ ।
क्वारेन्टाईन लिष्टमा इस्कुस नहुँदा अवैध रुपमै नेपाली इस्कुस पशुपतिनगरबाट भारत जाने गरेको थियो ।
इलाम र पूर्वका विभिन्न जिल्लामा ठूलो परिमाणमा स्कुस उत्पादन हुन्छ । तर, यसको निर्यात सहज नहुँदा किसानले हैरानी खेप्नु पर्ने बाध्यता रहदै आएको थियो ।
इलाम, पाँचथर, ताप्लेजुङलगायत पहाडी जिल्लाको इस्कुस इलामका सीमावर्ती क्षेत्रबाट रातारात अवैध रूपमा भारत निर्यात भइरहेको थियो । पशुपतिनगर नाकामा इस्कुस जम्मा गरेर राती मजदुरले बोकेर सीमाना कटाउने गरेका थिए ।
सूूर्याेदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले नगरले ४ वर्षदेखि गरेको प्रयास सफल भएको बताउनु भयो । उहाले भन्नु भयो‘यहाँ चिया , दुध भन्दा बढी किसानको आम्दानी इस्कुसमा छ, अथक प्रयासले निर्यात खुलेको छ ।’
नगर प्रमुख राईले सूर्योदय नगरपालिकाका किसानको मुख्य आम्दानीको स्रोत स्कुसलाई क्वारेन्टाइन लिस्टमा राखेपछि किसानले लगानी अनुसारको मूल्य पाउने विश्वास व्यक्त गर्नु भयो । उहाले प्लान्ट क्वारेन्टाइन रेगुलेसन एन्ड मनिटरिङ सेक्सन र प्लान्ट क्वारेन्टाइन एन्ड पेस्टिसाइड मेनेजमेन्ट सेन्टरसँग इस्कुसलाई निर्यातजन्य वस्तुको प्लान्ट क्वारेन्टाइन लिष्टमा राख्न निकै कसरत गर्नु परेको बताउनु भयो ।

इस्कुस ४० रुपियाँ प्रतिकिलो विक्री भैरहेको इस्कुस खेती गर्दै आउनु भएका किसान दिनेश महतले बताउनु भयो । शुरुमा राम्रो मुल्य पाए पनि पछि मुल्य घटदै प्रति किलो १० रुपियाँ सम्मा झर्ने गरेको छ । इस्कुसको मुल्य भने स्थिर रहदैन ।
यस नगरमा इस्कुस खेतीबाट एक किसानले २ लाखदेखि ५० लाखसम्म बार्षिक आम्दानी गर्दै आएको नगरपालिकाले जनाएको छ । इलाममा स्कुस खेतीका लागि न्यानो र ओसिलो हावापानी भएकाले रोग कीरा खासै लाग्दैन । इलाममा २८ प्रकारको इस्कुस पाइने गरेको कृषि विज्ञ बताउँछन् ।
पछिल्लो समय किसानले अन्य बाली लगाउन छोडेर इस्कुसको खेती गर्दै आएका छन । शुरुमा इस्कुसको टुप्पा(मुन्टा), त्यस पछि दाना(फल) र अन्तिममा जरा बेचेर एएटै खेतीबाट तीनपटक आम्दानी गर्दै आएका छन ।

TOP