जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

सूर्योदय नगरपालिकाको मानेडाँडा- छिरुवा सडक कालोपत्रे हुँदै

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
सूर्योदय नगरपालिकाको मानेडाँडा- छिरुवा सडक कालोपत्रे हुँदै

फिक्कल: इलामको सूर्योदय नगरपालिकाले वडा लक्षित अन्र्तगतका बाह्रमासे सडक कालोपत्रे गर्ने काम गर्दै आएको छ । प्रत्येक वडा सम्म बाह्ै महिना सवारी संचालन हुँने गरी सडक कालोपत्रे गर्ने काम गर्दै आएको हो ।
उक्त कार्यक्रम अन्र्तगत सूर्योदयको मानेडाँडाबाट अन्तुको छिरुवा जोड्ने सडक कालोपत्रे शुरु गरेको छ । ८ किलोमिटर मध्ये यस पटक पहिलो खण्डमा डेढ किलोमिटर कालोपत्रे गर्ने काम शुरु भएको छ । मानेडाँडा कट्टेबुङ, मझुवा हुँदै सूर्योदय ४ अन्तुको छिरुवा सम्म उक्त सडक लगिने छ । जुन सडक अन्तु जानका लागि सबै भन्दा छोटो दुरीको सडक हो ।
सूर्योदय नगरपालिकाको १ करोड र संघीय सरकारको १ करोड समपुरक अनुदान गरी २ करोडको लागतमा बुद्ध निर्माण सेवाले उक्त सडक कालोपत्रे गर्ने काम थालेको नगर प्रमुख रण बहादुर राईले जानकारी दिनु भयो । नगर प्रमुख राईले पहिलो चरणको काम सकिए पछि थप १ किलोमिटर सडक कालो पत्रे गरीरे बर्सेनी कालोपत्रेको काम अगाडी बढाईने बताउनु भयो ।
सोमकार सडक अनुगमन गर्दै नगर प्रमुख राईले पर्यटकीय क्षेत्र अन्तु जानका लागि बैकल्पिक तथा छोटो दुरीको मार्ग तयार हुँने बताउनु भयो । उहाले बर्खा हिलाम्मे हुँने उक्त सडक कालोपत्रे भए पछि स्थानीयलाई आउजाउ र ढुवानीमा सहज हुँनका साथै कृषि उपज बजार सम्म लैजान सहज हुने बताउनु भयो ।
नगरले १४ वटै वडामा बाह्ै महिना यातायत संचालन हुँने गरी सडक ग्राभेल र कालोपत्रे गर्ने काम गर्दै आएको छ ।

TOP