कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

सूर्योदय नगरपालिकाको मानेडाँडा- छिरुवा सडक कालोपत्रे हुँदै

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
सूर्योदय नगरपालिकाको मानेडाँडा- छिरुवा सडक कालोपत्रे हुँदै

फिक्कल: इलामको सूर्योदय नगरपालिकाले वडा लक्षित अन्र्तगतका बाह्रमासे सडक कालोपत्रे गर्ने काम गर्दै आएको छ । प्रत्येक वडा सम्म बाह्ै महिना सवारी संचालन हुँने गरी सडक कालोपत्रे गर्ने काम गर्दै आएको हो ।
उक्त कार्यक्रम अन्र्तगत सूर्योदयको मानेडाँडाबाट अन्तुको छिरुवा जोड्ने सडक कालोपत्रे शुरु गरेको छ । ८ किलोमिटर मध्ये यस पटक पहिलो खण्डमा डेढ किलोमिटर कालोपत्रे गर्ने काम शुरु भएको छ । मानेडाँडा कट्टेबुङ, मझुवा हुँदै सूर्योदय ४ अन्तुको छिरुवा सम्म उक्त सडक लगिने छ । जुन सडक अन्तु जानका लागि सबै भन्दा छोटो दुरीको सडक हो ।
सूर्योदय नगरपालिकाको १ करोड र संघीय सरकारको १ करोड समपुरक अनुदान गरी २ करोडको लागतमा बुद्ध निर्माण सेवाले उक्त सडक कालोपत्रे गर्ने काम थालेको नगर प्रमुख रण बहादुर राईले जानकारी दिनु भयो । नगर प्रमुख राईले पहिलो चरणको काम सकिए पछि थप १ किलोमिटर सडक कालो पत्रे गरीरे बर्सेनी कालोपत्रेको काम अगाडी बढाईने बताउनु भयो ।
सोमकार सडक अनुगमन गर्दै नगर प्रमुख राईले पर्यटकीय क्षेत्र अन्तु जानका लागि बैकल्पिक तथा छोटो दुरीको मार्ग तयार हुँने बताउनु भयो । उहाले बर्खा हिलाम्मे हुँने उक्त सडक कालोपत्रे भए पछि स्थानीयलाई आउजाउ र ढुवानीमा सहज हुँनका साथै कृषि उपज बजार सम्म लैजान सहज हुने बताउनु भयो ।
नगरले १४ वटै वडामा बाह्ै महिना यातायत संचालन हुँने गरी सडक ग्राभेल र कालोपत्रे गर्ने काम गर्दै आएको छ ।

TOP