कन्याम सरसफाई गर्दै स्थानीय ब्यवसायी र युवा(फोटो फिचर) – Hamropalika
जीवनशैली सापकोटाले निर्माण गर्नु भएको मन्दिर बिष्णुज्योतिलाई हस्तान्तरण पालिका विशेष सूर्योदय नगरपालिकामा हस्तलेखन प्रतियोगिता सम्पन्न, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका बिजेतालाई नगद सहित सम्मान अर्थ वाणिज्य इलामका १२२ आन्तरिक सडकको यात्रु भाडादर सार्वजनिक खेलकुद नेपाली सेनाद्धारा बिद्यालयलाई शैक्षिक, खेलकुद र मनोरञ्जनका सामग्री हस्तान्तरण पालिका विशेष प्रतिबद्धता पुरा गर्दै वडाध्यक्ष : टोल–टोलमै स्वास्थ्य सेवा पालिका विशेष इलाममा लोकतन्त्रबादी आदिवासी जनजाती महासंघ गठन पालिका विशेष इलामको माईमा आगलागिबाट १० लाखको क्षति पालिका विशेष राष्ट्रिय रग्बी प्रतियोगिता पहिलो पटक इलामको माईमा हुने पालिका विशेष इलामको भालुझोडामा बस दुर्घटना हुँदा २६ जना घाइते पालिका विशेष फिक्कलमा घर निर्माण गर्ने ४ जना मजदुरको पुरिएर मृत्यु
Hamropalika menu advertisement

कन्याम सरसफाई गर्दै स्थानीय ब्यवसायी र युवा(फोटो फिचर)

  • प्रकाशित मितिः May 31, 2023
  • hamro_palika

फिक्क्ल: सूर्योदय नगरपालिकाको पर्यटकीय क्षेत्र कन्याममा होटल तथा रेष्टुरेन्ट संचालन गरिरहेका स्थानीय युवाले कन्याममा पर्यटकीय क्षेत्र सरसफाई गरेका छन् ।
कन्याममा पर्यटकीय क्षेत्र सरसफाई समितिले पर्यटकीय क्षेत्रमा “स्वस्छता हाम्रो पहिचान, सफाईमा मेरो योगदान“ भन्ने नाराका साथ स्वतस्फुर्त रूपमा सरसफाई गरेको हो । मंगलबार छैटौं हप्ताको सरसफाई सम्पन्न गरेको छ ।
कन्याममा ट्रली व्यवसाय गरिरहेका व्यवसायी ,घोडचढी ब्यवसायी, नगर प्रहरी , पर्यटकीय स्थलमा शुल्क ठेक्का लिने ब्यवसायीको सहयोगमा सरसफाई गरेका हुँन । एक सय बढी युवाहरूले गत माघ महिनाको दोस्रो मंगलबारबाट शुरू भएको सरसफाई कार्यक्रम हरेक मंगलबार हुने गरेको छ ।
सूर्योदय नगरपालिकाको पर्यटकीय स्थल कन्याम चिया बगान बिचमा रहेका पसल तथा आगन्तुकबाट हुने फोहोर सडक छेउछाउ र चिया बगान भित्र समेत फालीने गरीएको छ । उक्त फोहोरलाई शुन्यमा झार्ने अभियानमा सरसफाई गरिएको अभियानमा सहभागी जीवन प्रधानले जानकारी दिनु भयो ।
कन्यामको पर्यटनको मेरूदण्ड कन्याम चिया बगान रहेको र आफ्नै घरपरिवारका सदस्य साथै छरछिमेक समेतले काम गर्ने स्थानमा शिसा प्लास्टिकका बोतल चाउचाउ बिस्कुटका खोल आदिले सुन्दर चिया बगान कुरूप हुँदै गएकाले सरसफाईको अभियान थालेको जानकारी होटल ग्रिन कार्पेटका संचालक यज्ञराज गिरी दिनु भयो ।
इलामको कन्याममा बर्सेनि हजारौं पर्यटकले भ्रमण गर्ने गरेका छन । यस बर्षको चियाको पत्ता पलाउने सिजन पनि चैतबाट शुरू हुने र नयाँ बर्ष मनाउन समेत स्वदेशी र बिदेशी पर्यटक आउने भए पछि स्थानीय जागरुप भएर कन्याम सरसफाई गरेका हुँन । पर्यटककोलागि चियाबारी घुम्न घोडचढी गर्न जातीय सांस्कृतिक पोशाकमा फोटो खिच्न इलामको कोशेली किन्न , स्र्का वाल्क गर्न , जीपलाइन खेल्ने र प्याराग्लाईडिङ गर्ने सुबिधा हाल कन्याममा उपलब्ध छ ।

तस्बिर– टेकराज गिरी,कन्याम:

TOP