जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

कन्याम सरसफाई गर्दै स्थानीय ब्यवसायी र युवा(फोटो फिचर)

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
कन्याम सरसफाई गर्दै स्थानीय ब्यवसायी र युवा(फोटो फिचर)

फिक्क्ल: सूर्योदय नगरपालिकाको पर्यटकीय क्षेत्र कन्याममा होटल तथा रेष्टुरेन्ट संचालन गरिरहेका स्थानीय युवाले कन्याममा पर्यटकीय क्षेत्र सरसफाई गरेका छन् ।
कन्याममा पर्यटकीय क्षेत्र सरसफाई समितिले पर्यटकीय क्षेत्रमा “स्वस्छता हाम्रो पहिचान, सफाईमा मेरो योगदान“ भन्ने नाराका साथ स्वतस्फुर्त रूपमा सरसफाई गरेको हो । मंगलबार छैटौं हप्ताको सरसफाई सम्पन्न गरेको छ ।
कन्याममा ट्रली व्यवसाय गरिरहेका व्यवसायी ,घोडचढी ब्यवसायी, नगर प्रहरी , पर्यटकीय स्थलमा शुल्क ठेक्का लिने ब्यवसायीको सहयोगमा सरसफाई गरेका हुँन । एक सय बढी युवाहरूले गत माघ महिनाको दोस्रो मंगलबारबाट शुरू भएको सरसफाई कार्यक्रम हरेक मंगलबार हुने गरेको छ ।
सूर्योदय नगरपालिकाको पर्यटकीय स्थल कन्याम चिया बगान बिचमा रहेका पसल तथा आगन्तुकबाट हुने फोहोर सडक छेउछाउ र चिया बगान भित्र समेत फालीने गरीएको छ । उक्त फोहोरलाई शुन्यमा झार्ने अभियानमा सरसफाई गरिएको अभियानमा सहभागी जीवन प्रधानले जानकारी दिनु भयो ।
कन्यामको पर्यटनको मेरूदण्ड कन्याम चिया बगान रहेको र आफ्नै घरपरिवारका सदस्य साथै छरछिमेक समेतले काम गर्ने स्थानमा शिसा प्लास्टिकका बोतल चाउचाउ बिस्कुटका खोल आदिले सुन्दर चिया बगान कुरूप हुँदै गएकाले सरसफाईको अभियान थालेको जानकारी होटल ग्रिन कार्पेटका संचालक यज्ञराज गिरी दिनु भयो ।
इलामको कन्याममा बर्सेनि हजारौं पर्यटकले भ्रमण गर्ने गरेका छन । यस बर्षको चियाको पत्ता पलाउने सिजन पनि चैतबाट शुरू हुने र नयाँ बर्ष मनाउन समेत स्वदेशी र बिदेशी पर्यटक आउने भए पछि स्थानीय जागरुप भएर कन्याम सरसफाई गरेका हुँन । पर्यटककोलागि चियाबारी घुम्न घोडचढी गर्न जातीय सांस्कृतिक पोशाकमा फोटो खिच्न इलामको कोशेली किन्न , स्र्का वाल्क गर्न , जीपलाइन खेल्ने र प्याराग्लाईडिङ गर्ने सुबिधा हाल कन्याममा उपलब्ध छ ।

तस्बिर– टेकराज गिरी,कन्याम:

TOP